मूख्यमन्त्रीका दाबेदार राई विजयसभा सकेर काठमाडौँ प्रस्थान

  सिलिचुङ सम्बाददाता  535 पटक हेरिएको

शनिबार हेलिकप्टरबाट काठमाडौँ प्रस्थान गर्दै शेरधन राई । तश्विर/सिलिचुङ साप्ताहिक

 

भोजपुर । भोजपुर क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित वाम गठबन्धनका उम्मेदवार तथा भावी प्रदेश नं १ को मुख्यमन्त्रीका प्रमुख दाबेदार शेरधन राई आफ्नो विजयी यात्रा सकेर शनिबार हेलिकप्टरबाट काठमाडौँ प्रस्थान गरेका छन् ।
चुनावीसभा तथा कार्यक्रम लगत्तै काठमाडौँ गएका राई गत मंसिर २२ गते मतगणनाको दोश्रो दिन भोजपुर आएका थिए । मूख्यमन्त्रीको होडमा रहेका राई अब बन्ने प्रदेश नं १ को मुख्यमन्त्रीको चाँजोपाजो मिलाउन र निर्वार्चित प्रदेश सांसदहरु, दलका कार्यकर्ताहरुसंगको भेटघाटका लागि शनिबार त्यता प्रस्थान गरिएको एमाले श्रोतले जनाएको छ ।


हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट वामगठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका राईले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द बहादुर कार्कीलाई १३ हजार दुईसय २९ को बिशाल मतान्तरले हराएर विजयी भएका हुन् ।
विजयी घोषणापश्चात मतदाता भेटघाट, घरदैलो कार्यक्रम र विजयीसभामा सरिक भई राई शनिबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् । भावी प्रदेश नं १ को मूख्यमन्त्रीको प्रमुख दाबेदारीमा रहेका राईले प्रदेश र प्रतिनिधीसभा चुनावमा क्षेत्र नं २ बाट कुल २० हजार तीन सय ३४ मत ल्याएर विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार