१५ उम्मेदवारको जमानत जफत

  सिलिचुङ समाचारदाता  285 पटक हेरिएको

भोजपुर – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उठेका १५ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । प्रतिनिधिसभामा ६ जना, प्रदेशसभा भोजपुर क्षेत्र नं १ मा पाँच जना र क्षेत्र नं २ मा चार जनाको जमानत जफत भएको हो ।

जमानत जफत हुने उम्मेदवारहरुमा प्रतिनिधिसभातर्फ नेकपा मालेका अनिल बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्रप्रसाद राई, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल डिल्लीराम बोहरा, नयाँ शक्ति पार्टी नेपालका युवराज कट्वाल, राजपाका ध्रुवराज राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केदार राई मेवाहाङ छन् । उनीहरुले निर्वाचनमा क्रमश, २ हजार ६ सय एक, ४ सय ८०, ४ सय ८०, ३ सय ३५, ३ सय ३ र १ सय ३५ मत ल्याएका थिए । प्रतिनिधिसभामा कुल ६० हजार ४ सय २४ सदर मत खसेको थियो ।

प्रदेशसभा – १ तर्फ पाँच जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जनसमाजवादी पार्टी नेपालका पर्शुराम राई, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका आङ्गडेण्डी शेर्पा, मंगोल नेशनल अर्गनाइजेसनका मोजेज राई, राष्ट्रिय जनता पार्टी नेपालका सुवास राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उत्तम राईको जमानत जफत भएको हो । उनीहरुले क्रमश ः ७ सय ४७, ५ सय ५१, २ सय २९, १ सय ५१ र ७१ मत ल्याएका थिए । क्षेत्र नं १ मा ३२ हजार ५ सय ८७ सदरमत खसेको थियो ।

प्रदेशसभा – २ तर्फ नेकपा मालेमा यादवकुमार पाण्डे, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका देवप्रसाद राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितबहादुर राई र संघीय खम्बुवान लोकतान्त्रिक पार्टीका सुवास राईको जमानत जफत भएको छ । उनीहरुले क्रमशः ७ सय ८९, १ सय ३०, १ सय २८ र ५९ मत ल्याएका थिए । यहाँ २८ हजार ५ सय ४५ सदरमत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार