सडकलाई पहिलो प्राथमिकतामा राख्दै पहिलो गाउँ सभा

  सिलिचुङ सम्बाददाता  130 पटक हेरिएको

रामप्रसाद राई गाउँपालिकाको पहिलो गाउँसभामा वक्तव्य प्रस्तुत गर्दै गाउँपालिका उपप्रमुख सम्झना राई । तश्विर/सिलिचुङ साप्ताहिक

भोजपुर । दक्षिणी रामप्रसाद राई गाउँपालिकाको पहिलो गाउँसभा सम्पन्न भएको छ । निती तथा कार्यक्रमसहितको सभामा सडकलाई पहिलो प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको थियो ।
व्यावस्थापिका संसदमा अर्थमन्त्रीले जस्तै सभामा गाउँपालिकाकी उपप्रमुख सम्झना राईले आर्थिक वर्ष ०७४÷७५ को लागि सामाजिक, आर्थिक, विकासका पूर्वाधार लगायत विभिन्न शिर्षकमा कुल २६ करोड ७४ लाख २६ हजार बजेट विनियोजन वक्तव्यमा प्रस्तुत गरेकी थिईन् । जसमध्ये ससर्त अनुदान अन्र्तगत कुल ९ करोड ३७ लाख २३ हजार र निसर्त अनुदानमा कुल १७ करोड ३७ लाख २३ हजार बजेट विनियोजन गरिएको छ । कुल विनियोजित बजेट रकममध्ये चालुतर्फ १२ करोड ७६ लाख ७३ हजार अर्थात ४७.७४ प्रतिशत र पँुजीगततर्फ १३ करोड ९७ लाख ५३ हजार अर्थात ५२.२६ प्रतिशत बजेट विनियोजित गरिएको थियो ।
सभाले सबैभन्दा बढी सडकलाई पहिलो प्राथमिकतामा राख्दै कुल तीन करोड बजेट विनियोजन गरेको छ भने स्वास्थ्यमा ८७ लाख ८० हजार, खानेपानी तथा सरसफाईमा ६० लाख, कृषि क्षेत्र ५० लाख, शिक्षामा ३५ लाख, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा ३० लाख बजेट छुट्याएको छ ।
स्थानिय सडक, पक्की पुल तथा झोलुङ्गे पुल, सिँचाई, भवन तथा शहरी विकास, उर्जा लघु तथा साना जलविद्युत (वैकल्पिक उर्जा समेत) र सञ्चार लगायत पूर्वाधार विकास शिर्षकमा कुल तीन करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।
कृषि, पशुपालन, आयूर्वेद, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी र वित्तिय क्षेत्र लगायतका आर्थिक विकासतर्फ कुल एक करोड १७ लाख ३४ हजार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रबद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, आदिवासी जनजाती र बौद्ध गुम्बा विकास लगायतका सामाजिक विकास शिर्षकमा कुल दुई करोड ५२ लाख ८० हजार बजेट प्रस्तुत गरिएको छ ।
त्यसैगरि सुरक्षा व्यावस्थापन, सूचना प्रविधी, पञ्जिकरण व्यावस्थापन, स्थानिय तथ्याङ्क संकलन र अभिलेख व्यावस्थापन, सुशासन व्यावस्थापन, अनुसन्धान तथा विकास लगायत प्रवाह शिर्षकमा कुल ३८ लाख ८६ हजार, वन, भू–संरक्षण तथा जलाधार व्यावस्थापन, वातावरण संरक्षण तथा जलवायू परिवर्तन, फोहोरमैला तथा ढल व्यावस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण र विपद व्यावस्थापन लगायत विपद व्यावस्थापन शिर्षकमा कुल ५० लाख, वित्तिय व्यावस्थापन र सुशासन शिर्षकका राजस्व परिचालन, श्रोत पहिचान अध्ययन, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सूचना तथा सञ्चार व्यावस्थापन र वार्षिक योजना प्रकाशन लगायतमा कुल ११ लाख बजेट विनियोजन गरिएको थियो ।
सिंगो गाउँपालिकालाई नै सम्मुन्नत स्तरमा पु¥याउने लक्ष्य र उद्देश्य रहेको उपप्रमुख राईले बताईन् । गाउँसभा कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख लक्ष्मण खड्का, उपप्रमुख अनिषा खड्का, गाउँपालिका प्रमुख विजय राई, उपप्रमुख सम्झना राई, गैरसरकारी महासंघ भोजपुरका अध्यक्ष बलराम राई, स्थानिय जनप्रतिनिधी, स्थानिय, सरोकारवालाको विशेष उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार