यूएई समाजको प्रथम अधिबेशन

  सिलिचुङ सम्बाददाता  591 पटक हेरिएको

भोजपुरे हातेमालो समाज, यूएईको अधिवेशन सम्पन्नपश्चात सामुहिक तश्विर लिँदै समाजका पदाधिकारीहरु । तश्विर सौजन्यः सुवास बानु राई, बोखिम (हाल यूएई)

 

भोजपुर । भोजपुर हातेमालो समाज, युएईको प्रथम अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी ज्ञानेन्द्र बहादुर राई तथा विशेष अतिथि चन्द्रकला राईद्धारा संयुक्त दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै प्रेम शेर्पाले युएईमा रोजगारको शिलशिलामा आएका सम्पूर्ण भोजपुरे दाजुभाई तथा दिदीबहिनीहरुलाई विदेशमा रहेर पनि घरमै एउटै परिवारको आभास भएको जिकिर गरे ।
समाजको उदेश्य भनेको विभिन्न कालखण्ड, भवितव्यमा जिल्लाभित्र भोजपुरे दाजुभाईमा आइपर्न सक्ने दैविक विपत्तमा हातेमालो सेवाको भावनाले समाधान गर्दै सामाजिक क्रियाकलापमा सधैँ अघि बढ्ने लक्ष्य र सिंगो भोजपुर जिल्लाको सामाजिक, न्यायीक, आर्थिक, शैक्षिक र भौतिक एवम् पर्यटन क्षेत्रमा प्रचारप्रसार गरि विकास गर्ने निती लिने भएको समाजका सुवास बानु राईले बताए ।
वैदेशिक रोजगारीको शिलशिलामा भोजपुरका विभिन्न भेग, गाउँबस्तीबाट आएका भोजपुरे युवाहरूको सक्रियतामा गरिएको पहिलो ऐतिहासिक अधिवेशनमा नयाँ केन्द्रीय कार्य समिती र क्षेत्रीय अबुधावी समिति लगायत अन्य साँस्कृतिक कलाकार समिती र केन्द्रीय प्रवक्ताको पनि गठन गरिएको थियो । साथै उक्त कार्यक्रममा समाजले जिल्ला अस्पताल भोजपुरको सहयोगार्थ ह्विल चियरदाताहरुलाई संस्थाबाट प्रशंसा पत्रका साथै आजिवन सदस्यता पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संयोजक अवातार योन्जन लगायत अन्य अतिथि टीकाराम बराइली, प्रेम शेर्पा ,चन्द्र साम्पाङ, खेमराज बस्नेत, ज्ञानेन्द्र खत्री, सरोज बानिया र सुवास बानु राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । उक्त अधिवेशनको उद्घोष लक्ष्मी राई र अवतार योञ्जनले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार