ट्रकले किच्दा एक युवक गम्भिर घाईते

  सिलिचुङ सम्बाददाता  151 पटक हेरिएको

 

भोजपुर । भोजपुर नगरपालिका वडा नं ५, बोखिमको दाम्सिङस्थित ट्रकले किच्दा एक युवक गम्भिर घाईते भएका छन् । मंगलबार दिउँसो ३ बजेतिर को १ ख ६०९७ नम्वरको ट्रकले ठक्कर दिँदा भोजपुर नगरपालिका वडा नं ४, सिद्देश्वर दाँवाका २२ वर्षिय नविन पाँचकोटी गम्भिर घाईते भएका हुन् ।

ट्रकको ठक्करबाट रोकेर राखेको को २ त ३७२८ नम्वरको ट्याक्टरबाट ओर्लैदै गरेका उनलाई ट्रकको पाङ्ग्राले दाहिने खुट्टा किचिएको प्रहरीले जनाएको छ । घाइते नविनको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि मंगलबार बेलुकी नै धरान लगिएको थियो । उक्त ट्रक र ट्रकका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार