स्वास्थ्य संस्थालाई ह्वीलचियर सहयोग

भोजपुर । विरामीहरुको सहजतालाई विदेशमा बस्ने भोजपुरेहरुले भोजपुरको स्वास्थ्य संस्थालाई ह्वीलचियर सहयोग गर्ने भएका छन ।
युएईमा बस्ने नेपालीहरुको संस्था ‘भोजपुर हातेमालो सेवा समाज युएई’ले ह्वील चियर सहयोग गर्ने भएका हुन । हातेमालो सेवा समाले जिल्लाका स्वास्थ्य संस्थालाई पाँचवटा ह्वीलचियर सहयोग गर्ने भएका छन । युएईमा वस्दै आएका नेपालीहरुले संकलन गरेको रकमबाट जिल्ला अस्पताल भोजपुर, प्राथमिक स्वास्थ्य केन्द्रहरु दिङला र घोडेटारलाई ह्वील चियर, लगायत अन्य सामग्रीहरु वितरण गर्न लागेको समाजले जनाएको छ ।


वितरण गर्न लागेको पाँच ओटा ह्वील चियर मध्ये जिल्ला अस्पताल भोजपुरलाई तीन, प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारलाई एक र दिङलालाई एक ओटा वितरण गरिने समाजका क्षेत्रिय अध्यक्ष छिरिङ्ग शेर्पाले जानकारी दिए । विरामी, अशक्त तथा वृद्ध वृद्धालाई सहयोग पु¥याउले उद्धेश्यले उक्त सामग्रीे वितरण गर्न लागेको समाजले जनाएको छ । ह्वील चियर खरिद गरेर भोजपुर पठाउने अन्तिम अबस्थामा रहेका अध्यक्ष शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार