आङ्ग खस्ने समस्याका बारेमा अभिमुखिकरण गोष्टी

  सिलिचुङ सम्बाददाता  23 पटक हेरिएको

 

भोजपुर । महिलामा हुने पाठेघर बाहिर निस्कने अर्थात आङ्ग खस्ने समस्या विषयमा २ दिने अभिमूखिकरण गोष्टी सम्पन्न भएको छ । भोजपुर नगरपालिका वडा नं ७ को वडास्तरीय महिला सञ्जालको आयोजनामा उक्त वडाको ३० हजार आर्थिक सहयोगमा उक्त गोष्टी पौष १६ गते स्थानिय भोजपुर सदरमुकाममा सुरु भएको थियो ।
पछिल्लो समय भोजपुरमा पनि महिलाहरुमा यो समस्या दिनानुदिन बढ्दै गएकाले यसको निराकरण कसरी गर्न सकिन्छ र कुनकुन उपायहरु सम्भव छ भन्ने परामर्श दिने उद्देश्यले यो गोष्टी आयोजना गरिएको सञ्जालले जनाएको छ ।
दुई दिने गोष्टीमा सोहि वडा नं ७ का २० वर्षदेखि ४५ वर्ष उमेरका ३५ जना महिलाहरु उक्त अभिमुखीकरण तालिममा सहभागी थिए । उक्त तालीमको सहजीकरण अहेब तीर्थ श्रेष्ठ र मनिका राईले गरेका थिए । वडास्तरीय सञ्जालकी अध्यक्ष अम्बिका कार्कीको अध्यक्षतामा भएको उदेघाटन सत्र गोष्ठिमा भोजपुर नगरपालिका वडा ७ का अध्यक्ष जय बहादुर तामाङ प्रमुख अतिथी रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार