तीन सय बढी उम्मेदवारले खर्च विवरण बुझाएनन्

  सिलिचुङ सम्वाददाता  194 पटक हेरिएको

भोजपुर । स्थानिय तह निर्वाचन सकिएको ६ महिना वितीसक्दा पनि जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाका ८१ वडाका तीन सय बढी उम्मेदवारहरुले स्थानिय निर्वाचनमा भएको खर्च विवरण बुझाउन अटेरी गरेका छन् । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण बुझाउनु पर्ने प्रावधान भएतापनि त्यसको व्यावास्ता गर्दै ती उम्मेदवारले खर्च विवरण बुझाउनमा अटेरीपन देखाएका हुन् ।
स्थानिय तहको निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेकामध्ये तीन सय २१ जना उम्मेदवारले हालसम्म पनि खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत राजेन्द्र प्रसाद पोखरेलले बताए । ‘चुनाव सकिएको मितीले ३० दिनको समायावधिसम्म खर्च विवरण बुझाउन कार्यालयले सुचित गराएको थियो । अधिकांश उम्मेदवारले विवरण पनि बुझाउनुभयो तर बाँकी रहनुभएका ती उम्मेदवारहरुले समयमै खर्च विवरण बुझाउन आनाकानी गर्नुभयो र ६ महिना वित्दासम्म उहाँहरु विवरण लिएर कार्यालय आउनुभएन ।’ अधिकृत पोखरेलले भने ।
स्थानिय तहको निर्वाचनमा जिल्लाका नौ वटै स्थानीय तहमा एक हजार ३ सय ४७ जना उम्मेदवारहरुले चुनावमा आफ्नो उम्मेदवारी दिएका थिए । जसमध्ये एक हजार २६ जनाले मात्र खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरको तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यालयले खर्च विवरण बुझाउनको लागि बाँकी सबैलाई यसअघि नै पुनः जानकारी गराईसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार