विप्लव कार्यकर्ताको दबाबमा भुकम्पपिडितको रकम फिर्ता

  सिलिचुङ सम्बाददाता  114 पटक हेरिएको

 

भोजपुर । भुकम्प पिडितहरुको घरको नक्सा पास गर्ने भन्दै कन्सल्टेन्सिले लिएको रकम नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुको दबाबमा फिर्ता गरिएको छ । भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेका भुकम्प पिडितहरुको घरको नक्सा पास गर्ने भन्दै पुर्नःनिर्माण प्राधिकरणका कर्मचारीले नियम विपरित रकम अशुली गरेको भन्दै विप्लवका कार्यकर्ताले उक्त रकम फिर्ता गर्न दबाब दिएका हुन् ।
दबाबपछि स्थानिय कन्सल्टेन्सीले पिडितसंग लिएको एक लाख ९४ हजार रकममध्ये ३४ हजार रकम पिडितलाई नै फिर्ता गरिएको उक्त वडाका वडाध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए । वडाध्यक्ष घिमिरेले विप्लवका कार्यकर्ताहरुले मनोमानी ढंगले प्राधिकरणका कर्मचारीहरुले भुकम्पपिडितहरुको अशुली गरेको रकम आरोप लगाएपछि कन्सलटेन्सिले तत्काल लिएको रकममध्ये केही रकम फिर्ता गरेको बताए ।
यता विप्लव नेतृत्व कम्युनिष्ट पार्टीले भने मनोमानी ढंगले पुर्नःनिर्माण प्राधिकरणका कर्मचारीले भुकम्पपिडितसंग रकम लिएको आरोप लगाउँदै आएका छन् । कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य तिलक राईले पिडितहरुसंग नियम विपरित प्राधिकरणका कर्मचारीले लिएको सबै रकम पिडितलाई फिर्ता गराइने दावी गरेका छन् ।
त्यस्तै नगरपालिकाका उपमेयर मेरीका राईले प्राधिकरणका कर्मचारीले नभएर स्थानिय कन्सलटेन्सिले नक्सा पास बापतको रकम लिएको बताईन् । स्थानिय मिन्सुहाङ किरातको संयोजकत्वमा सञ्चालित उक्त वि.एन.एम कन्सल्टेन्सिले नक्सा पास बापतको रकम लिएको दावी भएको उपमेयर राईको भनाई थियो । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई यस विषयमा आफुलाई केहि जानकारी नभएको र यदि प्राधिकरणका कर्मचारीले रकम अशुली गरेको पाईएमा सोहि कानुन बमोजिम कारबाही अगाडी बढाईने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार