भोजपुरमा तारा एयरको उडान सुरु

  सिलिचुङ समाचारदाता  161 पटक हेरिएको

भोजपुर । तारा एयरले लालुपाते ट्राभल्ससंगको समन्वयमा भोजपुर–काठमाडौ उडान सुरु गरेको छ । आज विहान ९ः३३ बजे काठमाडौ–भोजपुर पहिलो उडान भ¥यो । जिल्लाको एकमात्र टक्सार विमानस्थलमा कालोपत्रे भएपछि पहिलोपटक उडान भरेको हो । विगतका बर्षमा पनि उडान भर्दै आएको उसले गतबर्षको मंसिर २५ देखि बन्द गरेको थियो । त्यसयता नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले मात्र उडान भर्दै आइरहेका बेला ताराले पुनः उडान थालेपछि यात्रुलाई राजधानी आउजाउ गर्न सहज भएको छ । ट्राभल्सका रोशन श्रेष्ठले पर्यटन र खेलकुदमा सम्भावनालाई प्रव्रद्र्धन गर्न तारा जोडिएको बताए । ताराले हप्ताको बुधबार उडान भर्ने सेड्युअल छ । यात्रुको चाप बढेको खण्डमा सेड्युअल थप हुने भएको छ । तत्कालका लागि प्रतिव्यक्ति टिकट दर भोजपुरबाट काठमाण्डौ ४ हजार ६ सय ७५ र काठमाण्डौबाट भोजपुर ४ हजार ८ सय ६५ कायम गरिएको जनाइएको छ । यससंगै जिल्लामा उडान भर्ने दुई ओटा कम्पनी भएका छन् । नेपाल वायुसेवा निगमले सोमबारबाहेक हप्ताको ६ पटक काठमाडौ र दुई पटक विराटनगर उडान भर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार