खुकुरी प्रहारबाट आमाछोरा घाइते

  सिलिचुङ समाचारदाता  427 पटक हेरिएको

भोजपुर । पौवादुङ्मा–२, तिवारीभञ्ज्याङको हाबुमा मानसिक सन्तुलन गुमेका ४० वर्षिय शान्तकुमार राईले छिमेकी घरका आमा–छोरालाई खुकुरी प्रहार गरेर घाइते बनाएका छन् ।

 

घाइते हुनेमा ३३ वर्षीया रामकली राई र उनका ६ वर्षिय छोरा अर्पण राई रहेका छन् । बुधबार दिउँसो घरमै बसिरहेका बेला राईले कुनै कारण बिना खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।
घाइते दुवै विराटनगर स्थित न्यूरो हस्पिटलमा भर्ना गरी उपचाररत छन् । खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार