भिरबाट लडेर एकको मृत्यू्

  सिलिचुङ सम्बाददाता  28 पटक हेरिएको

भोजपुर । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकास्थित भिरबाट लडेर एकजनाको घटनास्थलमै मृत्यू भएको छ । हतुवागढी गाउँपालिका वडा नं ९, हसनपुर गैरीगाउँ टोलका ४१ वर्षिय नरबहादुर खपाङ्गी मगरको मंगलबार साँझ भिरबाट लडेर मृत्यू भएको हो ।
गाउँकै एकजना विरामीलाई हसनपुरकै अखुवाटारस्थित स्वास्थ्यचौकीमा पु¥याएर फर्कने क्रममा सोहि ठाउँकै तित्रीभञ्जाङको भिरबाट ५० मिटर तल खस्दा घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय घोरेटारको जनाएको छ ।
उक्त घटनाको अनुसन्धान र आवश्यक प्रक्रियाका लागि ईलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली घटनास्थलमा खटाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार