क्याम्पस प्रशासनले आफुखुशी शिक्षक राख्ने निर्णय गरेको विरोधमा स्ववियूको विज्ञप्ती

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा महिला छात्राबासका लागि क्याम्पस प्रशासनले आफु खुशी आंशिक शिक्षक राख्ने निर्णय गरेको प्रति खेद जनाउँदै स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) भोजपुरले शुक्रबार ध्यानाकर्षण विज्ञप्ती जारी गरेको छ । केहि समय अगाडीदेखी क्याम्पसको महिला छात्राबासमा प्रशासनले आफ्नो एकतर्फी शिक्षक राख्ने निर्णयप्रति असन्तुष्ट जनाउँदै स्ववियूले क्याम्पस प्रशासनको गम्भिर ध्यानाकर्षण गराउँदै विज्ञप्ती जारी गरेको हो ।

‘केही समय अगाडीदेखी नै महिला छात्राबासका लागि क्याम्पस प्रशासनले आफु खुशी एकजना आंशिक शिक्षक राख्ने निर्णय गरेको  थियाे ।’

शैक्षिक वातावरणलाई स्वच्छ बनाउंदै विद्यार्थीका समस्याहरुमा आवाज बुलन्द गर्दै अगाडी बढीरहेको स्ववियूले क्याम्पस भित्रका विविध गतिविधिहरुलाई प्रत्यक्ष रुपमा विद्यार्थीहरुको बिचमा रहेर विश्लेषण गरि उठान गर्दै आइरहेकोमा प्रशासनले मनोमानी ढंगले लिएको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको स्वावियू सभापति प्रकाश सिं राईले बताए । उनका अनुसार यस विषयमा क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरु अनेरास्ववियू, नेवि संघ, अनेरास्ववियू (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपालसंग छलफलबाट क्याम्पस प्रशासनले गरेको निर्णयमा विद्यार्थीको हित विपरित रहेको जनाईएको छ ।
क्याम्पस प्रशासनले गरेको एकलौटी ढंगबाट गरेको निर्णयलाई पुनः विचार गर्न स्ववियुूले विज्ञप्तीमार्फत अनुरोध गरेको सभापति राईले बताए । छात्राबासमा विद्यमान एक जना वार्डेन र क्षमताअनुसारका विद्यार्थीहरु रहँदारहँदै पनि नियम विपरीत विद्यार्थीहरुको सेवा सुविधा कटौती गरी कुनै पनि बहानामा मनोमानी ढंगले शिक्षक राख्न नपाइने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार