नगर स्तरीय युवा भेला सम्पन्न

भोजपुर । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल नगर कमिटी भोजपुरको आयोजनामा भोजपुर नगरपालिका स्तरीय युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा भन्ने मूल नाराका साथ संघले शनिबार जिल्ला समन्वय समितीको सामुदायिक भवनमा भव्य कार्यक्रमका विच भेला सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सचिव शरण कुमार राईले देश संघियतामा गईसकेकाले अब युवाहरुको सबै गाउँ तहबाटै समाज रुपान्तरण गर्ने जिम्मेवारी आएको बताए । उनका अनुसार नगरमात्र नभई नौवटै स्थानिय तहमा सबै प्रकारका विकास निर्माणका कार्यमा हात हाल्नुपर्ने बताएका छन् ।
कार्यक्रममा जिल्ला कमिटि सचिव शरण कुमार राई, जिल्ला समन्वय समितीका सभापति लक्ष्मण खड्का, भोजपुर नगरपालिकाका उपमेयर मेरिका राई, युवा संघ नेपालका अध्यक्ष सन्दिप राई, अखिल जिल्ला कमिटि अध्यक्ष धु्रवराज राई, स्ववियू अध्यक्ष प्रकाशसिं राई, क्याम्पस कमिटिका अध्यक्ष प्रताप तामाङ, जिल्ला समन्वय समितीका पदाधिकारीहरु लगायत युवा संघ नेपालका कमिटि सदस्यहरुको विशेष उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार