‘विकास र आर्थिक समृद्धि ल्याउनेछु’

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेको जन्म वि.सं. २०३६ सालमा मध्यम खालको पारिवारिक पृष्ठभुमीमा भएको थियो । सानैदेख इमान्दार र कर्तव्यनिष्ठ छवि बोकेका आले वि.सं. २०५१ सालमा विद्योदय मावि पढ्दा नेपाली कांग्रेस निकट विद्यार्थी संगठनमा अध्यक्ष भएदेखि राजनीतिमा पुर्ण रुपमा होमिएका हुन् । उनी भोजपुर बहुमुखी क्याम्पसमा वि.सं. २०५७ सालमा स्ववियु सभापति भएका थिए । लामो समयदखि राजनीतिमा सक्रिय उनी वि.सं. २०७० सालमा तरुण दलको अध्यक्ष भएर नेतृत्व गरे । १२ औ महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमितिको कार्यबाहक सभापति भए । हाल १३ औ महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमितिको सचिव समेत हुन् । उनै नवनिर्वाचित मेयरसंग गरिएको कुराकानीको अंश यहा प्रस्तुत गरिएको छ ।

१. तपाई भोजपुर नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको छ । कुन कुन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुभएको छ ?
शिक्षा, स्वास्थ्य, विद्युत, सडक खानेपानी लगायतका विकासका महत्वपुर्ण पुर्वाधारहरुको विकास मेरा प्राथमिकतामा छन् । यो नगरपालिका जिल्ला सदरमुकाम पर्ने भएपनि विकास र समृद्धिमा निक्कै पछाडि छ । हुन त सरकारमा पटक पटक जिल्लाले नेतृत्व पाएपनि अपेक्षाअनुसार विकास हुन सकेको छैन । स्थानीय तहले के नै पो गर्न सक्छ भन्ने पनि होला तर स्थानीय तहमा प्रतिनिधि नभएरै केन्द्रमा नेतृत्व भएपनि विकास हुन पाएन । अब नगरबासीहरु प्रतिनिधिले पुर्ण भएको अवस्था हो । मैले चुनावी प्रचारमा बोलेका, कबुल गरेका र घोषणापत्रमा गरेका प्रतिबद्धताहरु पुरा गर्नेछु । किनकी मलाई नेतृत्वमा आउन जनताले जसरी अमुल्य भोट दिनुभएको छ । मैले पदको कुनै हालतमा दुरुपयोग गर्ने छैन । २००७ सालका क्रान्ति योद्धा रामप्रसाद राईको पालादेखि विकासमा भौतारहेको जनतालाई मेरो क्षमताले भ्याएसम्म भरपुर विकास गर्नेछु । मैले विकास गरेर देखाउनुपर्ने हुन्छ । यसका लागि जसरी अध्यारोमा हिड्न उज्यालोको साहारा आवश्यक छ । त्यसरी नै गुरुयोजना बनाएर अघि बढ्नेछु ।

२. यसलाई कस्तो नगर बनाउने योजना छ ?
मेरो नेतृवको अवधि ५ बर्षको हुन्छ । यसबीचमा पुर्वी पहाडको कर्णालीका रुपमा जसरी चिनिएको छ । अब चाडै पुर्वी पहाडको सुविधा सम्पन्न नमुना र सुन्दर सहर बनाउने परिकल्पना गरेको छु । यो नगर प्राकृतिक सौदर्यता, धार्मिक, पर्यटकीय, सामाजिक, साँस्कृतिक विविधता बोकेको क्षेत्र हो । नगरका प्रत्येक बस्तीमा व्यवस्थित सडक, एक घर एक धारा, एक घर एक विजुली, टोलटोलमा इन्टरनेट, फाइबर, व्यवस्थित चक्रपथ हुनेछ । कक्षा १२ सम्म एकपैसा फि नलाग्ने गरी शैक्षिक पहुँचमा जनतालाई पु¥याउनेछु । पर्यटनको प्रवद्र्धन स्थानीय स्तरमा अर्थोपार्जनको व्यवस्था गर्नेछु । युवाहरुलाई यही बसेर स्वरोजगार बन्ने अवसरहरु दिलाउनेछु । जम्मा १२ वडा छन्, प्रत्येक वडामा बेड र स्वास्थ्यकर्मी सहितको स्वास्थ्यचौकीको व्यवस्था हुनेछन् । महिला, जेष्ठ नागरिक, अपाङ्ग, अशक्त, असहाय, बालबालिकालाई बिशेष अधिकार सहितको व्यवस्था हुनेछ । झण्डै दुईदशक पछि स्थानीय तह जनप्रतिनिधि पाएको अवस्थामा बर्षँैदेखि अधुरा, अपुरा विकासे गतिविधिहरु पुरा गर्नेछु । नगरभित्र विभिन्न आस्था, धार, पृष्ठभुमीका समुदाय छौ, विकास र निर्माणमा जनतलाई कुनै कसर बाँकी नराखी अभावको अनुभव हुन दिने छैन । मैले गरेका बाँचाहरु पुरा गरेरै छाड्नेछु । सबैलाई समान व्यवहार गर्नेछु । कसैलाई काखा र कसैलाई पाखा हुन दिने छैन । र मेरो नैतिकता पनि होइन ।

३. प्राथमिकतामा पार्नुभएका योजना पुरा गर्न थुप्रै चुनौती छन् नि π
हामी विकासमा पछाडी परेपनि स्थानीय तहमा थुप्रै साधन स्रोत छन् । प्राकृतिक स्रोत साधनले धनी छौ । तीनको परिचालन गर्नेछु । खाली दृष्टिकोणलाई सकरात्मक बनाउनुपर्ने रहेछ । असम्भव भन्ने केही रहेनछ । राज्यले दिने बजेट त छदैछ । आन्तरीक राजस्व पनि हुने नै छ । तर यसैमा भर पर्ने छैन । धुर्मुस सुन्तलीले जसरी आफैबाट कामको सुरुवात र पुरा गर्नेछु । उनीहरु दुई कलाकारले राज्यको सहयोग विना नमुना काम गरेर देखाएजस्तै मैले पनि स्वार्थ रहित आफ्सेआफ स्रोतसाधन जुटाएर मैले कल्पना गरेको जनताले चाहेको सपनालाई साकार गर्नेछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार