षडानन्द नगरपालिकामा प्रथम मेयर रनिङ्गकप

दिङला–राष्ट्रका लागी खेलकुद र स्वास्थ्यकालागी खेलकुद भन्ने मुल नारका साथ षडानन्द नगरपालिकाको आयोजनामा आइतवारदेखि बुधवार सम्म अन्तरवडा स्तरिय मेयर रनिङकप प्रतियोगिता सम्पन्न भएको
प्रतियोगितालाई उद्घाटन गर्दै प्रमुख अतिथि तथा नगरका मेयर विरवल राईल्े खेल क्षेत्रमा नगरपालिकाको साथ र सहयोग सदैव रहने वताए । त्यसका साथै खेल मैदानको नाममा ७ रोपनि जग्गा निशुल्क प्रदान गर्नुहुने रत्न बहादुर तामाङ्गलाई सम्मान गर्दै उक्त खेलमैदानको नाम षडानन्द रत्न रङ्गशाला राख्ने घोषणा गरे। प्रतियोगितामा पुरुष फुटवल, महिला पुरुष भलिवल, वुद्धिचाल, एक सय मिटर र एक हजार मिटर पुरुष दौड, लङजम्प, सटफुट लगायत खेल सम्पन्न भयो । खेलाडिहरुले आफ्नो वडाको परिचय खुल्ने गरि प्रमाण पेश गर्नुपर्ने जिल्ला खेलकुद समिति अध्ययक्ष सुमन राईले वताउनु भयो ।
प्रतियोगिताको लागी महिला तर्फ ७ पुरुष तर्फ ११ टिम र पुरुष फुटवल तर्फ ९ टिमको सहभागिता रहेको थियो । भलिवल तर्फ प्रथम द्धितिय र तृतिय हुने महिला तथा पुरुष टिमले क्रमश ५० हजार ३० हजार २० हजार पाए । त्यस्तै फुटवल तर्फ प्रथम द्धितिय र तृतिय हुने टिमले पनि क्रमश ५० हजार, ३० हजार र २० हजार पाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार