युएईमा प्रबासी उभौँली साकेलाको धुमधाम (फोटोफिचरसहित)

भोजपुर । किराँतहरुको महान चाड उभौँली यलेदोङ ५०७८ को रौनक युएईमा ईस २०१८ मे ४ शुक्रबारका दिन धुमधामका साथ मनाईएको छ । किराँत राई यायोख्खा र सुनुवार समाज युएईको सयुँक्त आयोजनामा उभौँली साकेला युएईको अबुधाबी मुसाफा साकेला पार्कस्थित प्रवासी किराँत तथा गैर किराँत विभिन्न जातिय संघसंस्थाका प्रतिनिधि, जिल्लास्तरिय सामजिक संस्थाका प्रतिनिधि, समाजसेवी बुद्धिजिवी, पत्रकार र अन्य विशेष ब्यक्तित्वहरुको विशेष उपस्थितीमा बराह ज्वेलरी धरान सुनसरीको मुख्य प्रायोजक रहेको थियो ।

कार्यक्रमको सञ्चालन किरायाका महासचिव तेज राई र स्पष्टवक्ता एवम् किराया युएईका उपाध्यक्ष चन्द्रकला राईले गरेका थिए । उक्त उभौँली साकेला कार्यक्रममा किराया सचिव डिके किराँतीले परम्परागत विधीवत् हरियोस्याउला (मिचिलिम्मा), अदुवा र चोखो पातीले भुमि पुज्दै साकेलाको औपचारिक उद्घाटन गरेका थिए ।

सामान्यतया किरँतीहरुले नाच्ने साकेलामा प्रस्तुत हुने नृत्यबाट जीवन र जगतको बारेमा मुन्दुमी संस्कारसंस्कृतिलाई नै देखाउने गरिएको छ । युएईको दुबई, सार्जा, रसअल खैमा, अल ऐन, अबुधावी लगायतका विभिन्न शहरबाट नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो । ढोलझ्याम्टा र किराँती भेषभुषामा सजिएका युवापुस्ताको नृत्य मनमोहक र रोमाञ्चक थियो।


कार्यक्रमको अन्तमा प्रबासमा रहेरपनि जातिय भेषभुषा, धर्मसंस्कृति, कला परम्परा आदिको जगेर्ना गर्दै हरेकबर्ष मनाउँदै आएको साकेला चाडमा यो बर्ष झनै बाक्लो उपस्थितिले उत्साहपूर्ण रौनक रहेको र आगामी दिनमा पनि यसलाई निरन्ंतरता दिने यायोखाका अध्यक्ष हर्कमणि राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार