बेलैमा सडक मर्मत नहुँदा सर्वसाधरण हैरान

संखुवासभा । चैनपुर नगरपालिका–१ याङ्सीजुङवासीले बाढीले पुरेको हाइड्रोपावर पुनः निर्माणमा जुटेका छन् । अबिरल वर्षासँगै आएको बाढीले निदुवा खोला लघुजल विद्युतको आयोजनाको हाइड्रोपावर बगाएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका थिए ।

पहिरोले हाइड्रो पावरका महत्वपूर्ण उपकरणहरूसमेत पुरेर कामै नलाग्ने गरी क्षति र्पुयाएको स्थानीयको भनाइ छ । अहिले उक्त हाइड्रो पावर पुनः निर्माणमा दैनिक रुपमा करिब सय जना उपभोक्ताहरू श्रमदानमार्फत लागेका छन् ।

२०६७ सालमा विद्युत उत्पादन भएपछि कुनै पनि दिन लोडसेडिङको अनुभव नगरेका स्थानीय बाढीले विद्युत गृह बगाएपछि विद्युतविहीन बनेका छन् । बाढीले विद्युत गृह बगाउनका साथै एलसी वोर्ड, टर्वाइन, जनेरेटर पुरिएको अवस्थाबाट निकालिएका उपकरणहरू काम नलाग्ने अवस्थामा पुगेकोे छ ।

हाल पुनःनिर्माणमा जुटे पनि पानीपर्ने क्रम नरोकिएकाले पुनः क्षति र्पुयाउन सक्ने उपभोक्ता लाक्पापमु शेर्पाले बताए । उनले पुनःनिर्माणका लागि बिहानदेखि बेलुकासम्म ठूलो संख्यामा स्थानीय लागि परेको पनि बताए । १४ किलोवाट विद्युत उत्पादन गरिरहेको लघुजलविद्युत गत साउन ४ गते दिउँसो भारी वर्षापछि आएको बाढीले क्षति र्पुयाएको थियो ।

बाढीले विद्युतगृह बगाएको र विद्युत उत्पादनका लागि पानी ल्याइने कुलोसमेत बगाएपछि याङ्सीजुङवासी अन्धकारमा बस्न बाध्य छन् । लघुजलविद्युत आयोजना बगाउँदा करिब ४५ लाख रुपैयाँको क्षति भएको उपभोक्ता समितिले आकंलन गरेको छ । स्थानीयको लगानीमा मात्र पुनःनिर्माण सम्भव नहुने भएकोले अन्य निकायसँग सहयोगको अपेक्षा गरिएको समितिका सदस्य सांगे शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार