अनिल गुरुङ थ्री स्टार क्लबमा अनुबन्ध

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङलाई थ्री स्टार क्लब ललितपुरले क्लबमा अनुबन्ध गरेको छ । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन प्रतियोगिताका लागि थ्रीस्टरले अनिललाई आज क्लबमा भित्र्याएको क्लबका महासचिव सञ्जिव शिल्पकारले बताए ।

“अनिललाई यो सिजनका लागि हामीले क्लबमा अनुबन्ध गरेका छौँ, सम्झौता रकमबारे दुवै पक्षको सहमतिअनुसार सार्वजनिक गर्दैनौँ”, शिल्पकारले भने । पछिल्लो समय लक्ष्मी हुन्डाई मनाङ–मस्याङ्दी क्लबका कप्तानसमेत रहेका अनिलले एक सातायताबाट थ्री स्टारबाट प्रशिक्षण गरिरहेका थिए ।

थ्री स्टारले क्लबको जर्सीसहित आफ्नो अफिसियल फेसबुक पेजमार्फत अनिलको तस्वीर राख्दै भनेको छ, “अनिल गुरुङलाई थ्री स्टार क्लबमा स्वागत छ ।” अनिलले अन्तर्राष्ट्रिय फूटबल करियरबाट भने सन्यासको घोषणा गरिसकेका छन् ।

पोखराको साहारा क्लबबाट फूटबल करियर शुरु गरेका अनिलले ब्रिगेट ब्वाइज, थ्रीस्टार, मनाङ मस्र्याङ्दी, न्युरोड टिम (एनआरटी) र भारतको शीर्ष डिभिजनको क्लब सिलोङ लाजोङबाट व्यावसायिक फूटबल खेलिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार