व्यवसायी र मजदूरबीच भयो सहमती, भोलिदेखि यातायात निमित चल्ने

इलाम । चालकको आन्दोलनका कारण आज तेस्रो दिन पनि पूर्वी नेपाल तथा देशभर सार्वजनिक यातायात ठप्प भयो । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण आज पनि यातायात ठप्प हुँदा यात्रुहरु मार्कामा परेका थिए ।

तर, इलाममा भने सवारी तथा यातायात व्यवस्था ऐनमा गरिएको संशोधनको विरोध गर्दै यातायात मजदुरहरूले चार दिनदेखि जारी यातायात बन्द खुलाउने सहमती भएको छ । कानुन व्यावसायीसहित बसेको व्यवासायी र मजदूरहरुबीचको वार्तापश्चात बन्द खुलाउने सहमती भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय इलाममा भएको वार्तामा बन्द खुलाउने सहमती भएको यातायात व्यावसायी मदन श्रेष्ठले जानकारी दिए । बन्दको कारण इलाम, पाँचथर र ताप्लेजुङमा समेत यात्रुवाहक सवारी साधन चल्न सकेको छैन् । इलाममा बन्द खुलाउने सहमती भएपनि अन्य जिल्लाहरुमा बन्द कायमनै रहेको छ ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन संसोधनको माग राख्दै उनीहरुले यातायात नचलाउने निर्णय गरेका थिए । सरकारले जारी गरेको सो ऐन यातायात मजदूरमैत्री नभएको भन्दै संघर्ष समितिले गत मंगलवारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका थिए । समितिले माग पूरा नभएसम्म यातायात नचलाउने निर्णय गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार