मिलको फित्ताले बेरिएर एक महिला गम्भिर घाईते

  सिलिचुङ सम्वाददाता

भोजपुर । धान पिस्ने क्रममा शनिबार एक महिलाको मिलको फित्ताले बेरिएपछि गम्भिर घाईते भएकी छन् । टेम्केमैयुङ गाउँपालिका वडा नं ४, नागीको हुँगेनिबासी २६ बर्षिया पृतञ्जली राईको मिलको फित्ताले बेरिएर टाउकोमा गम्भिर चोट लागेको हो ।
शनिबार बिहान करिब साढे ८ बजेतिर स्थानीय धान पिस्ने मिल गएकी राईको धान कुट्ने क्रममा कपाल बेरिएर टाउकाको अगाडी भागको कपाल उखेलिएपछि गम्भीर घाईते भएकी जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए ।
गम्भिर घाइते भएकी राईलाई तत्काल उपचारका लागिप्राथमिक स्वास्थ्य चौकी नागी लगिएको र राईको अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेलिकप्टरचार्टरर्माफत शनिबार नै काठमाण्डौँ लगिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार