Loading…

अलैँचीले भाउ नपाउँदा किसान निराश

अलैँची गोड्दै किसानहरु । तश्विर/पदम राई

धनकुटा । सागुँरीगढी गाउँपालिकाका स्थानीय अलैची कृषकहरु अलैचीले सोचे जस्तो भाउ नपाएपछि निराश बनेका छन । गाउँपालिकाका वडा नं ६, ७, ८, ९ र १० गरी करिब ७ सय हेक्टर बढी क्षेत्रफलमा परम्परागत रुपमा व्यवसायिक अलैँचीले यो वर्ष राम्रो भाउ नपाएपछि यहाँका कृषक चिन्तित बनेका हुन् ।
अलैँचीको मुल्य योवर्ष झन ओरालो लागेर प्रति मन २९ हजारमा कारोबार भईरहेको छ । खोल्सीको कालो सुनले चिनिने अलैँची मुल्य चार बर्ष अगाडी प्रतिमन १ लाख १५ सम्म पुगेको थियो । तर गतसालदेखी अलैँची अति न्युन मुल्यमा बिक्री गर्न बाध्य भएको स्थानिय कृषक ईन्द्रबहादुर राईले बताए ।
अलैची टिप्ने सिजन भएकाले खेतालालाई खाना दिएर दैनिक ६ सय रुपैया पारिश्रामिक दिने गरिएको जनाईएको छ । अलैँची टिपाईदेखि, छोडाउने र भट्टिमा सेकाउनेसम्म कामदारले एक महिना देखि दुई महिनासम्म रोजगार पाउने गरेका छन् । प्रतिमन २९ हजारमा बिक्री गर्दा आफुहरुको बोहोनी समेत नउठ्ने कृषक राईले बताए ।


गाउँपालिकामा विशेषगरी किसानहरुले रामसाई र गोलसाई जातका अलैँची खेती गर्दै आएका छन् । हावापानीका कारण अलैँची एकसाल कम फल्ने र अर्को साल बढि फल्ने गरेको स्थानिय कृषकहरु सुनाउँछन् । धान फल्ने खेतमा समेत अलैँची खेती विस्तार भईरहेका बेला अलैँचीले उचित मुल्य नपाउँदा किसानहरु थप मार्कामा पर्ने गरेका छन् । किसानहरुले बार्षिक कम्तिमा २ मन देखि २५ मनसम्म अलैँची उत्पादन गर्ने गरेको अगुवा कृषक रोजन राईले बताए । ‘ए’ ग्रेडको अलैँचीको मुल्य ३१ हजार, ‘बि’ ग्रेडको अलैँचीको मुल्य ३० हजार र ‘सि’ ग्रेड अलैँचीको मुल्य २९ हजारमा कारोबार भईरहेको स्थानिय व्यापारी रामकुमार राईले बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार