हङकङमा लुटपाटमा संलग्न नेपालीलाई अदालत लगियो

काठमाडाै। छुरा प्रहार गरी झण्डै ८ जनालाई लुटेको आरोपमा पक्राउ परेका एक नेपालीलाई अदालतमा लगिएको छ । शुक्रबार बिहान साढे १० बजे हुङहोमस्थित होक युएन स्ट्रीटमा छुरा प्रहार गरि ७ लाख ८६ हजार अमेरिकी डलर लुटेको अभियोगमा पक्राउ परेका लिम्बु थर भएका नेपालीलाई सोमबार प्रहरीले काउलुन मजिस्ट्रेट कोर्टमा हाजिर गराएको हो।

२४ वर्षीय लिम्बुलाई शंकाका आराधरमा प्रहरीले समबारै राति साढे ९ बजे यौमातेहीस्थित ब्याट्री स्ट्रीटबाट गिरफ्तार गरिएको कुरा हङकङबाट प्रकाशित द स्टान्डर्डमा उल्लेख गरिएको छ। प्रहरीले लिम्बूको साथबाट चोरीको रकम फेला पार्न नसकेको र गाँजा फेला पारेको बताइएको छ।

उनलाई चोरी लुटपाट तथा लागू औषधसम्बन्धी मुद्दा लगाइएको बताइएको छ। लिम्बूमाथिको अर्को सुनुवाई अक्टोबर २८ मा हुनेछ।

प्रहरीले लुटपाटमा तीन जनाको संंलग्नता भएको बताइए पनि लिम्बू बाहेकका अन्य भने पक्राउ परेका छैनन्। ज्वेलरी पसलमा काम गर्ने एक चिनियाँ र एक भारतीयलाई छुरा प्रहार गरी उनीहरुले बोकेको उक्त रकमको ब्याग लुटेर भागेका थिए। रकमसहितको ब्याग लुटेपछि उनीहरु सेतो होन्डा बाहनमा भागेका थिए।

प्रत्यक्षदर्शीका अनुसार लुटेराहरुले हिन्दी भाषा बोलेका थिए। लुटेराहरुले ओलम्पिक सिटी ताईकोच्युईमा उक्त बाहन बेबारिसे अवस्थामा छाडेर फरार भएको बताइएको छ। फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार