बृहत सांगीतिक कार्यक्रम आयोजना गरिने

  सिलिचुङ सम्वाददाता

भोजपुर । दिङ्ला ब्याडमिण्टन संघको आयोजनामा यहि कार्तिक ८ गते बृहत सांगीतिक कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा गायक प्रमोद खरेल, गायिका प्रश्ना शाक्य, नेपाल आईडलका प्रमिला राई तथा चर्चित हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) लाई आमन्त्रित गरिएको संघका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए ।
बडादशैँको अवसरमा आयोजना गरिने कार्यक्रममा चर्चित कलाकारको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक दावा र्शेपाले जानकारी दिए । कार्यक्रमबाट संकलित रकमले गतवर्षको ब्याटमिन्टन प्रतियोगितालाई निरन्तरता दिने संघका अध्यक्ष तामाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार