भोजपुर हातेमालो समाज युएई महाधिवेशन तयारी सकियो

  सिलिचुङ सम्वाददाता

अबुधावी, युएई । भोजपुरेहरुको संस्था भोजपुर हातेमालो समाज युएइको प्रथम वार्षिकोत्सब तथा दोस्रो महाधिवेशनको तयारि पूरा भएको छ । सेप्टेम्बर २८ तारिख शुक्रबारका दिन अबुधावि शहरको मःम हाउस् रेस्टुरेन्ट मुसफामा विभिन्न सांस्कृतिक कार्यक्रममा साथ सम्पन्न हुने भएको छ ।
बैदेशिक रोजगारिको शिलशिलामा रहेका युएई आप्रबासी भोजपुरेहरुको उपस्थितीको लागि केन्द्रिय समितिले विशेष जोड दिदैं यस संस्थालाई अझ मजबुत बनाउन उल्लेख गरेका छन् । अब आउँनुहोस् सस्थाका बार्षिक कार्यक्रममा सहभागी बन्नुहोस् अनि भोजपुरका शैक्षिक, पर्यटन क्षेत्रमा सानो योगदान पुर्‍याउनु होस् भन्ने नाराका साथ आयोजना गर्न लागिएको समाजका महासचिव तिर्थ योञ्जनले वताए ।
समाजका क्षेत्रिय समितिहरु अवुधावि, रुईस , अलऐन र दुबई क्षेत्र बाट धेरै सहभागी रहने अपेक्षा सहित भव्यरुपमा कार्यक्रम सफल हुनेमा विश्वस्त रहेको समाजका कार्यक्रम संयोजक अवतार योन्जनले बताए।
हालसम्म संस्थाले विभिन्न शिर्षकहरुमा सहयोग गर्दै आइरहेको छ जसमा धेरै जसो मृगौला पिडितलाई सहयोग अभियान चलाएको छ भने बैदेशिक रोजगारमा आपत बिपद् परेकाहरुलाई उदार गर्नुका साथै आर्थिक सहयोग गर्ने गरेको छ । त्यस्तै जिल्ला अस्पतालहरुमा पनि ह्विल चेयर हस्तान्तरण गरेर उदाहरणीय कार्य प्रस्तुत गरेको समाजले आफ्नो पहलमा करिव नेपाली दश लाख माथिको सहयोग गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
आगामि दिनमा पनि समाजले सामाजिक कार्यमा सधै अग्रणी भुमिका निर्वाह गर्दे लाने र संस्थागत दिगो बिकास मा जोड दिने नीति तथा कार्यक्रम साथ वार्षिकोत्सब तथा महाधिवेशन का को आयोजना गर्न लागिएको समाजका केन्द्रीय कार्यबाहक अध्यक्ष श्री प्रेम शेर्पाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार