गाउँमै बसे पनि म कवि लेखक नै हुन्थेः उपेन्द्र सुब्बा

झाक्री बा’को नामले परिचित उपेन्द्र सुब्बाको जन्म २०३० सालमा पाँचथरको आङ्गसराङ्गमा भएको हो । जयनारायण आदर्श मा बि मेहेल्बोटे, पान्थरमा पढ्दादेखि नै साहित्य र कला क्षेत्रमा विशेष चासो राख्दै आउनु भएका सुब्बा यति वेला साहित्य क्षेत्रमा परिचित नाम हो । हाल तीन वटा कविता संग्रह, एक कथा संग्रह र एक दर्जन नेपाली चलचित्रको कथा लेखन गरिसक्नु भएको छ । कवितासंगै कथा लेखनमा पनि राम्रो कलम चलाउनुहुन्छ । उहाँको कथासंग्रह लाटोपहाड हो । सामान्य साक्षर मात्र भन्न रुचाउनु हुने उहि साहित्यकार उपेन्द्र सुब्बासँग गरिएको कुराकानीको अंशः
अहिले केमा व्यस्त हुनुहुन्छ ?
मलाई भन्नलाई पनि सजिलो, सुन्नेलाई पनि राम्रो–लेखन मै ब्यस्त छु । साथीभाइका केही फिल्म लेख्दैछु र उपन्यासको तयारीमा छु ।
साहित्य क्षेत्रमा निकै अगाडी हुनुहुन्छ यो कसरी सम्भव भयो ?
अगाडी पछाडी कता छु त्यो थाह भएन । तर म साहित्य मै छु । यतिका उमेरसम्म यै साहित्य लेखन गरेर आएँ, अब अरु पेशा अपनाउने कुरा पनि सम्भव नहोला, भए पनि राम्रो नहोला । खडेश्वर बाबा जस्तै भइयो । शुरुमा रहर थियो अब बाध्यता छ ।
थुप्रै चर्चा कमाउनु भएको छ कारण केके छन् ?
चर्चा छ र ? छ भने पनि कारण थाह छैन । चर्चा सबै कामको हुन्छ । के कामले चर्चा हुन्छ ? त्यो चही महत्वको कुरा हो । मेरो चर्चाले तपाईको र मेरो समाजमा सकारात्मक प्रभाव राख्छ भने त राम्रै हो । राम्रो कामको चर्चा मिहिनेत, लगन र सीपको करणले मात्र सम्भव छ ।
यो क्षेत्रमा लाग्नुको पछाडी कसको प्रेरणा मिलेको थियो ?
प्रेरणाको बारेमा धेरैलाई प्रश्न सोधिन्छ । धरै उत्तरकर्तासँग उत्तर हुँदैन र धेरै मान्छे बकबक मात्र गर्छन कि त ठुला बडा मान्छेका नाम लिन्छन । प्राकृतिक रुपमा उ स्वयम नै प्रेरणको स्रोत हुन्छ । एउटा सुन्दर पूmल अरु पूmल देखेर फुलेको हुँदैन ।
दर्शक र पाठक उपेन्द्र सुब्वा भन्ने की झाँक्री बा भनेर अल्मलिएका छन् ? कसरी सम्वोधन गर्दा हुन्छ ?
म उपेन्द्र सुब्बा नै हो ।
 पहिलो पटक नेपाली चलचित्रमा कथा लेख्दा कस्तो अनुभव भयो ?
सिकारु अनुभव सबैका उस्तै र उही हो । धेरै पहिले कुरा बिर्सि पनि सकें । भन्न र सुनाउन योग्य खास कुरा सम्झनामा छैन ।
कसरी राजन मुकारुङ्ग र दयाहाङ्गसँग सम्वन्ध जोडियो ?
राजन जीसँग अलि अगाडी भेट भयो । म गीत रेकर्ड गर्न काठमाण्डौ गएको थिएँ । उहाँका दुई कविता संग्रह प्रकाशित भई सकेका थिए । अलिपछि दयासँग भेटघाट चिनजान भो । काठमाण्डौमा हामी सब बेरोजगार थियौं । हामी दुःखका साथीभाइ हौं ।
‘कवडी कवडी’बाट नेपाली चलचित्रमा तपाइको अनुहार देखिन थालेको छ, अव के चलचित्रमा नै लाग्नु हुन्छ की साहित्य क्षेत्रलाई सम्हाल्नु हुन्छ ?
अभिनय मेरो सपना होइन । अभिनयको लागि न मसँग त्यस्तो विशेष क्षमता नै छ । रहरले (साथीभाइको करले पनि) कबड्डीमा सानो काम गरें । पुग्यो मलाई । साहित्य नै हो मेरो क्षेत्र । सपना पनि । म साहित्य नै गर्नेछु ।
तपाई त छोरीे अन्माउँदामा तपाइँको श्रीमति भन्दा धेरै रुनु भयो रे भन्ने हल्ला छ, के यो साँचो हो ?
भावुक चही भइन्दो रहेछ । रोएको भन्ने कुरा चै थपथाप भयो । तर म छोरीहरुलाई औधी माया गर्छु ।
तपाईको श्रीमतिसँग कसरी विवाह भयो ? र तपाईको र छोरी विवाह गर्दा कतिको फरक भए जस्तो लाग्यो ?
मेरो विवाहको कथा धेरै लामो छ । भन्नलाई ठाउँ र समय कम छ । मैले विहे गाउँमा गरेको हो । छोरीको शहरमा । फरक कल्पना गर्नुस, दिमागलाई पनि कसरत गराउँनुपर्छ हाओ ।
‘कवडी कवडी’ र पुरानो डुंगामा फरक के छ ?
धेरै नै फरक छ त भन्दिन तर फरक छ । पुरानो डुङ्गा मंसिर १० देखि हलमा लाग्दैछ । हेरेर आपैm फरक मालुस गर्नुस ।
तपाई जन्मेको गाउँमै बस्नु भएको भए के बन्नुहुन्थ्यो होला ?
गाउँमै बसे पनि म कवि लेखक नै हुन्थें । उपेन्द्र सुब्बा नै हुन्थें । म अहिले जे छु यो शहरले बनाएको होइन । राजधानी बाहिर बस्ने केही स्रष्टाहरुलाई यस्तो लाग्छ, कि हामी मोफसलमा भएर पछाडी भयौं, जो गलत छ । यो चै आप्mनो कमि कमजोरीलाई पर्दा हो । आफुले आफुलाई दिने सान्तवना मात्र हो ।
तपाइै भित्रैदेखि सोच्नु होस्, अव तपाई पहिले र अहिलेमा कति फरक हुनुभयो ?
भित्र बाहिर जे सोचे पनि कुरा एउटै छ । उमेरसँगै स्वभाविक रुपले फरक भएँ होला । जो हुनु जरुरीले भएँ । सजिव बस्तु लामो समय एकै अवस्थामा रहन सक्दैन ।
अवको योजनाहरु के हुन सक्छ ?
ब्यक्तिगत योजना कहिले सुनाउन हुँदैन । गाउँघरमा भन्ने गरिन्छ–हुस्सुले सुन्छ र कहिले पुग्दैन । अर्को कुरा चै म योजनाविहिन मान्छे हो । भोलि के गर्छु, कता जान्छु भन्ने मलाई थाहा नै हुदैन ।
अन्तिममा यसरी नै चलचित्र क्षेत्रमा आउन चाहनेहरुको लागि के भन्नुहुन्छ ?
चलचित्र क्षेत्रमा आउन चाहनेलाई भन्ने मेरो केही कुरा छैन । अँ साहित्यमा आउन चाहने हो त अध्ययन गरेर, मिहिनेत, लगन सहित बिना हतार नआउनु । अन्य बिधा जस्तै, अब साहित्य गरेर पनि नाम दाम कमाउन सकिन्छ । समाज र देशको सेवा गर्न सकिन्छ । सबैमा शुभकामना !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार