दिल र निर्मलाको जुवा त खेल्ने चौकामा

काठमाडाै । गायक दिल तामाङ र गायिका निर्मला घिसिङले श्रोता दर्शकको लागि दशै तिहारको उपहार स्वरुप म्युजिक भिडियो रिलिज गरेकाछन् । जुवा त खेल्ने चौकामा बोलको म्युजिक भिडियो भर्खरै रिलिज गरेका हुन् ।
चर्चित डान्स गु्रप भिमफेदी गाईज र मोडेल निरन्जली लामाको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोमा तामाङ रितिरिवाज तथा संस्कृतिलाई भल्काईएको हेर्न सकिन्छ । दिल तामाङको शव्द रचना तथा बरिष्ठ संगितकार चन्द्रकुमार दोङको संगित रहेको म्युजिक भिडियोलाई सुन्दर नगरी भिमफेदीमा छायांकन गरिएको छ ।
तामाङ समुदायमा हुने बिवहा संस्कृतिलाई म्युजिक भिडियोमा उतारिएको गायिका निर्मला घिसिङले बताईन् ।
भिडियोः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार