Loading…

वी.पी. प्रतिष्ठानमा नेपालमै पहिलो विद्यावारिधी

  सिलिचुङ सम्वाददाता

धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रेडियोलोजी विभागका अरुण गुप्ताले विश्वकै उत्कृष्ट विश्वविद्याालय सिओल नेशनल युनिभर्सिटी, कोरियाबाट न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विषयमा विद्यावारिधी गरेका छन् । उनी यस विषयमा विद्यावारिध गर्ने नेपाल मै पहिलो व्यक्ति भएका छन् ।

यो महत्वपूर्ण विषयमा पिएचडी गर्ने पहिलो नेपाली हुन पाएकोमा आफुलाई निक्कै गर्व महशुस भएको उनले बताए । उनको यो योग्यतावाट मुख्यतः क्यान्सर परीक्षण र उपचारमा महत्वपूर्ण सहयोग पुग्ने भएकाले नेपालमा पनि अब क्यान्सर रोगको उपचारमा सहजता आउने देखिएको छ ।

विद्यावारिधी गरेपछि विदेशमा थुप्रै अवसर आएको र कोरियामा वस्ने साथीभाईहरुले नेपाल गयो भने मानसिक तनाव मात्र हुन्छ भनेतापनि आफ्नो देश र प्रतिष्ठानको सेवा गर्ने सपना र उद्देश्यका साथ आफु प्रतिष्ठानमा काम गर्न आएको उनले बताएका छन् । देश र प्रतिष्ठानको सेवा गर्ने उच्च मनोभावनाका साथ प्रतिष्ठान आएको भएपनि हालसम्म प्रतिष्ठान व्यवस्थापनले स–सम्मान काम गर्ने वातावरण सिर्जना नगरेकोप्रति गुनासो र असन्तुष्टि पनि पोखेका छन् ।

कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले यस्ता विशेषज्ञ शिक्षा हासिल गरेका दक्ष जनशक्तिलाई प्रतिष्ठानले पाउनु गर्व र खुशीको कुरा भएकाले व्यवस्थापनले स–सम्मान काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार