नोबेलद्वारा लगातार चार दिन निःशुल्क शिविर: मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित

  सिलिचुङ समाचारदाता

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिगत चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ ।   

मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बिरामीको निःशुल्क उपचार गरिएको हो । गत आईतवार कानेपोखरी गाउँपालिका–५ रमाईलोमा भएको शिविरमा ५ सय ६५ जना बिरामीले स्वास्थ्य लाभ लिए । शिविरमा १ सय ५ जनाको भिडियो एक्सरे, ४२ जनाको ईसीजी र ८५ जनाको ल्यावटेष्ट गरिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरबाट ५८ जना बिरामी नोबेल अस्पताल रिफर गरिएको छ ।

त्यस्तै सोमबार पथरीशनिश्चरे–३ किराती चौकमा भएको शिविरबाट ३ सय ७८ बिरामी लाभान्वित भए । शिविरमा ६२ जनाको भिडियो एक्सरे, ३१ जनाको ईसीजी र ९० जनाको ल्यावटेष्ट गर्नुका साथै शिविरमा उपचार सम्भव नभएका ६१ जना बिरामी नोबेल रिफर भए । त्यस्तैगरी मंगलवार इटहरी उपमहानगरपालिका–४ मा भएको शिविरमा १ हजार १ सय ७२ जना बिरामीले निःशुल्क उपचार गराएका छन् । ४ नम्बर वडा कार्यालयसँग सहकार्य गरी सञ्चालन गरिएको शिविरमा बिरामीको अत्याधिक भीड लागेको थियो ।

शिविरमा २ सय ७५ जनाको भिडियो एक्सरे, १ सय १४ जनाको ईसीजी र २ सय २६ जनाको ल्यावटेष्ट गरिएको छ । यता, बुधबार वेलवारी नगरपालिका–४ धिमाल टोलमा भएको शिविरबाट ३ सय ९३ जना बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । शिविरमा ३५ जनाको भिडियो एक्सरे, २१ जनाको ईसीजी र ४३ जनाको ल्यावटेष्ट गरिएको आयोजक नोबेल शिक्षण अस्पतालले जनाएको छ । चारवटै शिविरमा हाडजोर्नी, छाला र आँखा सम्बन्धि समस्याका बिरामी बढी मात्रामा आएका थिए ।ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउँन नोबेलले निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिईरहने अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार