‘यो जीबन’बाट अनमोलको म्युजिक भिडियोमा डेब्यु (भिडियो सहित)

  सिलिचुङ समाचारदाता

इटहरी । गायक सुरेश लामाको सुमधुर स्वरमा ‘यो जीबन’ बोलको गित तथा म्युजिक भिडियो सार्बजनिक भएको छ । चन्द्रज्योति ढुंगानाको शब्द रचना संगै कम्पोज रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा मोडल अनमोल खतिवडा र संजु भट्टराइको जिबन्त अभिनय रहेको छ ।
सार्बजनिक म्युजिक भिडियोमा लभ, रोमान्सका साथै माया गर्ने मान्छेको सवारी दुर्घटनामा असामहिक निधन भएको घटनालाई चित्रण गरिएको छ । चन्द्रज्योति ढुंगानाको निर्देशनमा निर्मित भिडियोलाई रबि कोइरालाले छायांकन गरेका छन् भने निर्देशक चन्द्रज्योतिले ड्रोन मार्फत छायांकनमा सहयोग गरेका छन् । म्युजिक भिडियोलाई साहिल खानले सम्पादन गरेका छन् ।
हेर्नुस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार