टेम्केमैयुङ्गमा गाउँपालिकाकै ठूलो राशीको फूटबल (फाेटाे फिचर)

  सिलिचुङ समाचारदाता

भोजपुर । गाउँपालिकाकै ठ्लो राशी रहेको प्रथम ऐतिहासिक पुरुष टेम्के लिग तथा महिला मैत्री फुटवल खेलमा सञ्चालन भइरहेको छ । टेम्केमैयुङ गाउँपालिकाको नागीमा सञ्चालन भएको खेलमा पुरुष २३ र महिला ७ टिम रहेको छ ।
गत कार्तिक ९ गतेबाट सञ्चालन भएको खेलमा नौला गाउँ आदर्श प्रावि छिनामखु–२, नेष्कोट छिनामखु, भोजपुर नगरपालिका–४ दावा, गाउँ खेलकुद समिति नागी–४, गोदावरी विकास संस्था खावा–४, अरुण गाउँपालिका–६ जरायोटार, मझुवागढी वडा नं. ६ नेर्पा, साकेला गाउँपालिका–१, रिमाचुङ्ग, राधाकृष्ण मावि खोटाङ्ग, जाल्पा प्रावि सेखुवा, भोजपुर युवा क्लव, मालुवा सामुदायिक क्लव छिनामखु, शारादा प्रावि खोटाङ्ग, टेम्केमैयुङ गाउँपालिका अन्नपूर्ण–३ भोजपुर नपा –६, साकेला गाउापालिका–१, भोजपुर नपा–७, मोरङ्ग यूनाइटेड क्लव, नवप्रतिभा युवा कलव, जालपा देवी कृषि सहकारी संस्था, हर्कटे आम्लाल सामुदायिक वन र भोजपुर नगरपालिका–७ रहेका छन् ।

त्यसैगरी महिला तर्फ चखेवा वस्ती नागी–४, साकेला गाउँपालिका १,चोलन्ती ए, नवप्रतिभा युवा क्लव, सनस्टार ए, सनस्टर बी, मझुवागढी नेर्पा, चेलन्ती बी र येवा फुटबल कल रहेका छन् ।
खेलम विजयी टिमले प्रथम पुरस्कार ७५ हजार नगद, टेम्के लिककप ट्रफि, मेडल प्रमाण पत्र, दोस्रो ३५ हजार नगद, मेडल प्रमाण पत्र, तेस्रो हुनेले १० हजार मेडल र प्रमाण पत्र पाउनेछन् भने महिला तर्फ २० हजार नगद मेडल प्रमाणपत्र, दोस्रो १० हजार नगद मेडल प्रमाण पत्र र तेस्रो हुनेले ५ हजार नगद र मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार