फुल बेचेर तिहार खर्च

  प्रदीपचन्द्र राई

स्थानीय डाँडागाउँ बैङ्करोडस्थित तिहारका लागि सयपत्री फुल किन्दै स्थानीय । तश्विर/प्रदीपचन्द्र राई

भोजपुर । भोजपुर नगरपालिका बोखीमकी तारा राई विहान सबेरै थुन्से (बाँसको चोयाले प्वाल नबनाई बुनेको पारम्पारिक सामान बोक्ने डोको) मा भरिभराउ सयपत्री फुलका गुच्छा बोकेर सदरमुकाम धाउने गर्छिन् । यसरी बजार ल्याएको फुलको व्यापारबाट उनले दैनिक नौ सयदेखि १२ सय रुपैँयासम्म कमाई गरेकी छन् । फुलको व्यापार लिएर उनी लगायत गाउँगाउँका अन्य फुल कृषकहरु पनि फुलको थुन्से बोकेर विहानविहानै सदरमुकामका गल्लीगल्लीमा फुल बेच्दै हिँड्ने गर्छन् ।

सदरमुकाममा प्रतिगुच्छा ६० रुपैँयादेखि ७५ रुपैँयासम्म विक्री हुने सयपत्री फुल बोखिम, आम्तेक, टक्सार, देउराली, भैँसीपंखा, पानीट्याङ्की, बजार आसपासका क्षेत्रमा उत्पादन गरिन्छ ।

‘तिहार लाग्यो, बजारबासीहरु आँफै सयपत्री फुलाउँदैनन् । आफ्नो पनि बारीभरि फुलेका फुलहरु बजार ल्याएर बेच्दा यसो आम्दानीको बाटो हुने गरेको छ ।’ ताराले सुनाईन्, ‘पोहोरसाल ढिलो फुल्यो, बजारमा ल्याएर बेच्न सकिएन ।’ यो वर्ष भोजपुर सदरमुकाम आसापासका गाउँबाट सयपत्री फुलको आयात बढेको छ । पाहोरसालको तुलनामा यो वर्ष भने किसानहरुले फुलको उत्पादनमा बृद्धि ल्याएसंगै बजारको माग राम्रै धानेका छन् ।
सदरमुकाममा प्रतिगुच्छा ६० रुपैँयादेखि ७५ रुपैँयासम्म विक्री हुने सयपत्री फुल बोखिम, आम्तेक, टक्सार, देउराली, भैँसीपंखा, पानीट्याङ्की, बजार आसपासका क्षेत्रमा उत्पादन गरिन्छ । बारीमा लगाईएको फुललाई बजारसम्म पु¥याएर विक्रि गर्दा नजिकिएको तिहारका लागि घरखर्चको जोहो हुने गरेको अर्का फुल कृषक सुर्य प्रधानले सुनाए । भने, ‘बारीमा खेर गईरहेको फुललाई बजारसम्म ल्याएपछि तिहार खर्च पुग्ने भो । अतिरिक्त आम्दानीको श्रोत बनेको छ, यो सयपत्री फुल ।’
गतसाल तिहारका लागि सदरमुकामबासीले प्रतिगोटा फुलको थुँगालाई नै २० देखि २५ रुपैँयासम्म मुल्य लगाएर फुल किन्नु परेको थियो । तर यो वर्षको तिहार अलिक पर धकेलिएकाले पनि फुलको मागले बजार धान्न सकिएको कृषक सकुन्तला राईले बताईन् । यो वर्ष भने बजारबासीलाई फुल लिन किसानको घरघर चाहार्नु पर्ने, अर्डर गर्नुपर्ने झन्झट हटेको छ ।
गतवर्षको तिहारका लागि फुल कम उत्पादन भएपछि बजारबासी कतिपयले मंहगो मुल्य लगाएरै फुल किने त धेरैजसोले सयपत्री फुलको सट्टा अन्य फुल, बजारका कृत्रिम फेब्रिक माला, धानगहुँ भुटेर सिईएका माला, ल्वाङसुकुमेलका माला तिहार मनाएका थिए । यो वर्ष भने सबैको घरआगनमा फुलकै सुगन्ध पुग्ने स्थानीय पर्शुराम शेर्पा बताउँछन् । उनले गतवर्ष जस्तो मालाको सट्टा अन्य विल्कप रोज्नु नपर्ने सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार