श्रीलंकाका राष्ट्रपति सिरिसेनाको फेरि अर्को कदम, राति नै संसद भङ्ग

काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले फेरि अर्को कद उठाउँदै संसद भङ्ग गरेका छन् । प्रधानमन्त्रीलाई हटाउन सिरिसेनाले संसद नै भङ्ग गरेका हुन् ।

यूएनपीले राष्ट्रपतिको त्यो कदम संसदले उल्टाइदिने भन्दै संसद बैठक बोलाउन आब्हान गरेको थियो । तर राष्ट्रपति सिरिसेनाले संसद नै भङ्ग गरिदिएका छन् ।

उनले पुनः चुनाव गराउने आश्वासन दिएका छन् । आउँदो जनावरी १ मा पुनः चुनाव गराउने राष्ट्रपतिको योजना छ । राष्ट्रपति सिरिसेनाले शुक्रबार राति संसद भङ्ग गरेको बताएका हुन् । तर त्यो विषयलाई त्यहाँको उच्च अदालतले उल्टिइदिन पनि सक्ने छ । यूएनपीका सांसदहरुले राष्ट्रपतिसँग संसद भङ्ग गर्ने शक्ति नभएको जिकिर गरेका छन् ।

राजनीतिक संकट गहिरिँदै जाँदा पछिल्लो समय सिरिसेनाले श्रीलंकाको राजनीतिमा प्रत्यक्ष हस्तक्षप गर्दै आएका छन् । युनाइटेड नेसनल पार्टी ‘यूएनपी’का रानिल बिक्रामसिंगेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि श्रीलंकामा राजनीतिक संकट गहिरिएको हो ।

बिक्रमसिंहेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि राष्ट्रपति सिरिसेनाले राष्ट्रपति पदका आफ्नै प्रतिद्वन्द्वि तथा पूर्व राष्ट्रपति महिंदा राजापक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

यूनाइटेड नेसनल पार्टीले राष्ट्रपतिको त्यो कदम नियम विपरित भएको भन्दै आलोचना गरेको थियो ।
यूएनपी पार्टीले राष्ट्रपतिको त्यो कदम गैरकानूनी रहेको र त्यो कदमलाई त्यहाँको उच्च अदालतले उल्टाइदिने विश्वास व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार