भुजेली चलचित्र ‘नि प्हुगाल’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडाै। भुजेल समुदायको आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न उद्देश्यका साथ इतिहासमै पहिलो पटक भुजेल भाषामा ‘नि प्हुगाल’ (हामी भुजेल) नामक चलचित्र को अफिसियल पोस्टर सार्वजनिक भएको छ । ‘भकारी इभेन्ट्स उखत प्राली पोखरा’को व्यानरमा बनेको यो चलचित्रको पोस्टर भर्खरै मात्रै सार्वजनिक भएको हो । चलचित्र नि प्हुगालको पोस्टर सार्वजनिक भएसँगैं यहि मंसिर १५ गते पोखराको बिन्धबासिनी हलमा ग्राण्ड प्रिमियर सो हुने चलचित्र निर्माण समुहले बताएको छ ।
यस चलचित्रका कथाकार कमल भुजेल हुन् भने परिकल्पनाकार रेशम भुजेल रहेका छन् । चलचित्रको कार्यकारी निर्माता कमल बहादुर भुजेल छन् भने उक्त चलचित्रको निर्माता भुजेल समाज सेवा केन्द्रिय समिती, समाजको कान्छो सस्था भुजेल चलचित्र संघ र प्रदेश नं एक रहेको छ । यस चलचित्रको सहनिर्मातामा भने कोपीला भुजेल, भिम भुजेल, कमल भुजेल, लोक बहादुर भुजेल, विमल जिसी, बसुन्धरा घर्ती, तिर्सन घर्ति, सचिन भुजेल, संजय भुजेल ९भुजेल साथी० रहेका छन् ।

साथै यस ‘नि प्हुगाल’ चलचित्रको प्रोजेक्ट इन्चार्ज विमल जि सी भुजेल रहेका छन् । भुजेल समुदायको संस्कार संस्कृतिलाइ जीवन्त प्रस्तुत गर्न खोजीएको उक्त चलचित्रलाई तनहुँ जिल्लाको आदिमुल भुजेल बस्ती (मन्दिर परिसर) लगाएत कास्कीको कास्कीकोटमा रहेको भुजेल होम स्तयमा छायाकंन गरिएको छ । साथै पोखराको मनोरम दृश्य पनि हेर्न सकिनेछ ।
यस चलचित्रको मुख्य भुमिकामा भिम भुजेल, पुजा भुजेल, सुरज भुजेल र पार्वती भुजेल रहेका छन् भने अन्य कलाकारहरुमा रेशम भुजेल, थम माया भुजेल, सचिन भुजेल, देवि भुजेल रहेका छन् । त्यस्ते चलचित्रमा जुनु भुजेल, कला भुजेल, कोपीला भुजेल, पृथ्वी भुजेल, लोक बहादुर भुजेल, कमल भुजेल, बसुन्धरा भुजेल, आषिश भुजेल, विज्ञान भुजेल, कविता भुजेल, शोभा भुजेल, प्रतिक्षा भुजेल, विमल जिसी लगायतका कलाकारहरुको अभिनय हेर्न सकिनेछ ।

यस चलचित्रको मुख्य निर्देशक तथा पट कथाकार कृष्ण कुमार गुरुङ रहेका छन् भने सहायक निर्देशकमा सोम गुरुङ र ज्ञानु भुजेल रहेका छन् । उक्त चलचित्रलाई प्रकाश गुरुङले छायांकन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार