भोजपुर उद्योग वाणिज्यमा ध्रुवलाल विजयी

  सिलिचुङ सम्वाददाता

उद्योग वाणिज्य संघ भोजपुरको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु । तश्विर/सिलिचुङ

 

भोजपुर । उद्योग वाणिज्य संघ भोजपुरको १० औँ जिल्ला अधिवेशनबाट संघको अध्यक्षमा ध्रुवलाल श्रेष्ठ विजयी भएका छन् । २१ सदस्यीय नयाँ कार्यसमिति बनेको संघको निर्वाचनमा उनले आफ्ना निकटतम प्रत्यासी उम्मेदवार रामचन्द्र श्रेष्ठलाई ४३ मतले पछि पार्दै संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
शनिबार भएको संघको निर्वाचनमा ध्रुवलालले कुल ३ सय १० मत ल्याउँदा उनका प्रतिद्वन्दी रामचन्द्रले २ सय ६७ मत ल्याएका थिए । यस्तै अधिवेशनमा ३ सय चार मत ल्याउँदै संघको प्रथम उपाध्यक्षमा कर्ण बहादुर मोक्तान, २ सय ८४ मत ल्याउँदै संघको द्वितीय उपाध्यक्षमा निरकुमार विश्वकर्मा निर्वाचित भएका छन् ।
यसैगरि २ सय ८२ मत ल्याउँदै नविन प्रधान नयाँ कार्यसमितिको महासचिवमा निर्वाचित भएका छन् भने समान २ सय ६३ मत ल्याउँदै संघको सचिवमा विन्द्र कुमार राई र कोषाध्यक्षमा प्रविण सुवाल विजयी भएका छन् ।
त्यस्तै अन्य कार्यसमिति सदस्यहरुमा रमेश कार्की, कमल प्रधान, राजन राई, देवराज प्रधान, बद्रि कुमार श्रेष्ठ, लालबहादुर श्रेष्ठ, अनिल बस्नेत, ऋषिधन राई, ईश्वर श्रेष्ठ, विमल रणपहेँली, बसन्ती राई, लालबहादुर विक, सागर उदास, गोविन्द प्रधान र अनिल बराईली निर्वाचित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार