आफु सधै गोर्खाहरुको पक्षमा : माधवकुमार नेपाल

लण्डन : लामो समयदेखि विभेदमा परेको बृटिस गोर्खा भुतपुर्व सैनिकहरुको समस्या समाधानका लागि नेपाल सरकार गम्भिर हुनुपर्ने पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन ।
विभेदमा परेका गोर्खाहरुको समस्या समाधानमा लागि विगतका सरकारहरुले कुनै ठोस पहल नगरेको कारणले पनि समस्या समाधान नभएको जनाउदै पुर्वप्रधानमन्त्री नेपालले समस्या समाधानका लागि सरकार गम्भिर हुनुपर्ने बताएका छन । गोर्खा भुतपुर्व सैनिक संघ गेसोले सोमबार बेलायतको अल्डरसर्टस्थित आयोजना गरेको जानकारी सभामा बोल्दै पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता नेपालले गोर्खाहरुको समस्या समाधान कुटनीतिक तवरबाट हुनुपर्नेमा जोड दिए ।
गोर्खाहरु लामो समयदेखि समानताको अधिकारबाट प्रताडित हुदै आएको छ । दुईदेशवीच समस्या समाधानको पहल कुटनीतिक तबरबाट गर्दा उपलब्धी मुलक हुने पनि उनले बताए । गोर्खाहरुको समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा आफु र अहिलेको सरकार रहेको जनाउदै नेपालले गोर्खाहरुको समानताका लागि नेपाल र बेलायत सरकारवीच कुराकानी समेत भइरहेको जानकारी गराए । गोर्खाहरुको बिषयमा सचिवस्तरीय बार्ता छलफलहरु भइरहेको छ । त्यसले गोर्खाहरुको हक अधिकारको बिषयमा न्यायपुर्ण उपलब्धी दिने कुरामा आफु विश्वस्त रहेको छु उनले भने ।

गोर्खाको समस्या समाधान तत्कालीन एमालेको नौ महिने सरकारको बेला आफु उपप्रधान तथा पराराष्ट्रमन्त्री हुदाँदेखि आफुले शुरुवात गरेको स्मरण गराउदै नेपालले त्यसैको जगमा गोर्खा आन्दोलन अगाडी बढेको बताए । तत्कालीन समयमा आफुले नै नेपाल, भारत र बृटिस सरकारवीच भएको त्रिपक्षीय सम्झौताको कपी उपलब्ध गराएर सडक संघर्ष गरिरहेको गोर्खाहरुलाई कानुनी लडाई लडन सहज भयो, उनले भने ‘ पराराष्ट्रमन्त्री भएको त्यो समयमा गेसोको केही साथीहरु आउनुभयो । उहाँहरुलाई कानुनी लडाई लडन र जानकारी होस भनेर मैले नै त्रिपक्षीय सम्झौताको कपी उपलब्ध गराएका थिए । जुन अर्को देशसंग गरिएको सम्झौताहरु देखाइदैन थियो । तर मैले कर्मचारी नमान्दा नमान्दा पनि यस्तो कुरा लुकाउन हुदैन भनेर दिए । त्यसै कारण गोर्खा दाजुभाईहरुलाई बेलायतको अदालतसम्म आउन मद्दत पुग्यो ।’
गोर्खाहरुको गौरवशाली इतिहास छ । जुन इतिहास सगरमाथाको देशभन्दा पनि गोर्खाहरुको देश भनेर विश्वसामु नेपाललाई परिचित गराउने काम गोर्खाहरुले गरेको नेता नेपालले बताए । तर यति हुदाँ हुदै पनि गोर्खाहरु विभेदमा परेको छ । गोर्खाहरुको समस्या समाधान लगायत अन्य कुरामा मेरा साथ समर्थन रहेको छ । उनले भने ‘हिजो गेसोका साथीहरुले समानता र न्यायको आन्दोलन गर्दा मेरो पनि त्यसमा योगदान छ । त्यो गोर्खा दाजुभाईहरुले विर्सनुभएको छैन । अझै पनि मेरो साथ सहयोग उतिकै रहने छ ।’

गोर्खाहरुको बाहुदरीता र योगदानको प्रमाणहरु विश्वको कुनाकप्चाहरुमा देख्न सकिन्छ । त्यसलै गोर्खाहरुको इतिहासलाई दर्शाउछ, त्यो धेरै महान छ । त्यसैले त्यस्ता कुराहरुलाई हाम्रो तबरबाट खोजवीन गरी दस्तावेजीकरण गनुपर्ने आवश्यक रहेको पुर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता नेपालले बताए । हाम्रो बाहुदुरीता अझै पनि साक्षी छ । हाम्रो योगदान कति छ भनेर ? अर्को देशमा गएर तेस्रो देशमा लडन हुदैन, भन्ने कुरा कति जायज, कति नाजायज हो भन्ने एउटा प्रश्न त छदैछ । तर दोस्रो देशमा भर्ती गर्न पठाइयो र तेस्रो देशसंग युद्ध गराइयो । यी कुरा इतिहास भइसक्यो । तर यति हुदाँ हुदै पनि गोर्खाको बाहदुरीतालाई कसैले भुल्न सक्दैन उनले भने ‘मृत्युलाई कसैले चुनौती दिन सक्दैन, तर मृत्युलाई चुनौती दिन सक्ने भनेको वीर गोर्खा मात्रै हो । ’
खुट्टा तान्ने प्रबृतिले हाम्रो नेपाली समाज जहाँ पनि ग्रसित भएको जनाउदै पुर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता नेपालले त्यस्ता कुराबाट मुक्त हुनपर्ने बताए । हामी जहाँ गएपनि नेपाली हो । विदेशमा बसेर पनि आपनो प्रभुत्वलाई, सक्रियतापुर्वक र क्षमतालाई अब्बल राखेर नेपाली शिर उच्च राख्ने कुरा पनि नेता नेपालले सुझाए ।
कार्यक्रममा गोर्खा र तीनका परिवारले दोहोरो नागरिकताको सन्दर्भमा राखेको जिज्ञासाको बिषयमा बोल्दै नेता नेपालले गोर्खा गैरआवसीय नभएको र नेपालको अभिन्न अंग भएको बताउदै संविधान लगायत कानुनी कुराहरुमा देखिएको समस्या समाधान गर्न र गोर्खाको पक्षमा सहजता गर्न आफु लागि पर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले गोर्खाहरुको आन्दोलनबाट केही अधिकार प्राप्ती भएपनि धेरै कुराहरु अझै बाँकी रहेको बताए । गोर्खाहरु नेपालको सडक हुदै बेलायतको सदन र अदालत सम्म आइपुगेका बताउदै सभापति राईले यो अवस्थासम्म आइपुग्ने मुख्य जग भनेको त्रिपक्षीय सम्झौताको कपी नै हो । त्यो कपी उपलब्ध गराउने काम तत्कालीन उपप्रधान तथा पराराष्ट्रमन्त्री माधवकुमार नेपालले गर्नुभएको थियो । राईले भने ‘त्यसैको आधारमा हामी आन्दोलनको यो चरणसम्म आइपुगेका हौं।’
त्रिपक्षीय सम्झौताको कपी पाइसकेपछि हामीलाई कानुनी लडाई लडन सहज भयो । त्यसैका प्रतिफल स्वरुप हामी हजारौं गोर्खा भुपु र परिवारहरु बेलायत आएका छौं । यसो भनिरहँदा हाम्रो विभेद र आन्दोलन अत्य भएको भने होइन राईले भने । बेलायत आउन पाएकोमा खुशी मानिरहँदा अर्को पाटा अध्यारो समेत रहेको छ । यतिमै खुसी मान्नुपर्ने अवस्था छैन । सभापति राई भने ‘ अध्याराका पाटाहरु छन, त्यसका व्याख्या विश्लेषण गर्न जरुरी छ । त्यस्ता कुराहरु पक्कै पनि भविष्यमा गर्ने नै छौ ।’
कार्यक्रममा बोल्ने क्रममा गेसो सभापति राईले गोर्खा आन्दोलनको क्रममा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले अभिभावकीय भुमिका निर्वाह गरेको चर्चा गदै २४ बर्ष अघिको कुराले अहिले सम्म गोर्खा आन्दोलनको चरणसम्म आइपुग्दा निकै भाबुक समेत बनाएको बताए । त्रिपक्षीय सम्झौताको आधारमा हामीले कानुनी लडाई लडेपछि बेलायतको सम्मानित अदालतबाट गोर्खाहरु यस देशका राष्ट्र सेवक हुन भन्ने गोर्खाहरुको पक्षमा फैसाला गरेको थियो ।

सभापति राईले गोर्खाहरुको आन्दोलन फलदायी दिशातर्फ अगाडी बढेको पनि बताए । उनले गेसोको पहलमा संसदीय समिति समेत गठन भएको र फलस्वरुप नेपाल र बेलायतवीच सचिवस्तरीय बार्ता पनि भएको बताए । सचिवस्तरीय बार्ताले गोर्खाहरुको समस्या समाधान छिट्टै समाधान हुने विश्वास व्यक्त सभापति राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार