द भ्वाइस छोडेको ४८ घन्टामै तेजिन्द्र गन्धर्वको मार्मिक गीत “साँईलीरीमई” बजारमा

  सिलिचुङ सम्वाददाता

काठमाडौँ । रियालिटी शो “द भ्वाइस अफ नेपाल” छोडेका ४८ घण्टा नवित्दै तेजिन्द्र गन्धर्वले “साँईलीरीमई” लिएर स्रोत सामु आएका छन् । द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चा कमाएका तेजिन्द्रको “साँईलीरीमई” यूट्यूव मार्फत बजारमा ल्याएका छन् ।


तेजिन्द्र आफैले अभिनय गरेका छन भने गीतको शब्द डि.पी खनालको छ भने संगीत शंकर थापा “स्माइल”को रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ ।
ललितपुरको रमणीय छेत्र डुकुछापमा खिचिएको भिडियोमा अनिल के मानन्धरको छायांकन बिकास ज्ञवालीको सम्पादन र बिकाश सुवेदीको निर्देशन रहेको छ। “साँईलीरीमई” गीत र भिडियोलाई डश म्युजिक नेपाल प्रालीले प्रस्तुत गरेको हो।

भिडियाे सहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार