बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद

  सिलिचुङ सम्बाददाता

सा‌केतिक तश्विर

 

भोजपुर ।  जिल्ला अदालत भोजपुरले ११ वर्षिया बालिकालाई बलात्कार गरि हत्या गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका ५, दोभाने सालेवाका २० वर्षिय सञ्जय राईलाई जन्मकैदको सजाय सुनाएको हो । जिल्ला न्यायाधिश हरिश्चन्द्र ईङ्नामको एकल ईजलासले पिडक राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला सुनाएको हो ।
अदालतको फैसलाले मृतक बालिकाको परिवारलाई अभियुक्त राईबाट एकलाख क्षतिपूर्ति दिने निर्णय ठहर गर्दै पिडक राईलाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत भोजपुरका निमित्त श्रेस्तेदार नविन कोईरालाले जानकारी दिए । गत भदौ १० गते पिडक राईले बेलुकी खाना खाई आफुसंग मोबाइलमा फिल्म हेर्दै सुतेकी ११ वर्षिया मृतक बालिकालाई बलात्कार गरेपछि आमाबाबुलाई सुनाईदिने डरले घाँटी थिचेर हत्या गरेका थिए । मृतक बालिका दोभाने सालेवामै आमा धनमनी राई र सौतेली बाबु राजन राईसँग बस्दै आएकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार