श्रीमानले याैन सम्बन्ध नराखेपछि श्रीमतीले गरिन् आत्महत्या

भारतको नयाँ दिल्लीको एम्स अस्पतालमा काम गर्ने डाक्टर प्रिया बेदीले आफ्नो श्रीमानले शारिरिक सम्बन्ध नराखेको भन्दै आत्महत्या गरेकी छिन् ।

उनको विवाह ५ वर्षअघ डाक्टर कमल बेदीसँग भएको भए तापनि श्रीमान् समलिङ्गी भएको र उनको अन्य पुरुषसँग सम्बन्ध रहेको उल्लेख छ । प्रियाले आफूलाई भावनात्मकरुपमा पनि तड्पाएको उल्लेख गरेकी छिन् । आफ्नो मृत्युको कारणमा पति दोषी रहेको समेत सुसाइड नोटमा बताएकी छिन् ।

प्रियाले पटकपटक यौनसम्पर्कको निम्ति प्रयास गर्दापनि असफल बनेकी थिइन् भन्ने उल्लेख गरेकी छिन् । प्रियाको शब पहाडगञ्जको एक होटलमा फेला परेको थियो । -एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार