भोजपुरमा रोपाईँको रौनक (फोटोसहित)

  सिलिचुङ सम्बाददाता

भोजपुर नगरपालिका ५, बोखिमस्थित १६ औँ राष्ट्रिय धान दिवसका अवसरमा गरिएको रोपाईँ ।

भोजपुर । भोजपुर नगरपालिका ५, बोखिमस्थित आईतबार पञ्चेबाजासहित धुमधामले धान रोपाईँ भयो । कृषि ज्ञान केन्द्रले आयोजना गरेको १६ औँ राष्ट्रिय धान दिवसका अवसरमा स्थानीय पञ्चेबाजा शिल्पकारको पञ्चेबाजासंगै असारे गित गाउँदै रोपाईँ गरिएको थियो ।

‘‘ जिल्लाको १८ हजार ९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिनेमध्ये करिब ७ सय हेक्टर पानी पुग्ने क्षेत्रफलमा बर्खे र हिउँदे गरी दोहारो धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।’

रोपाईँमा जिल्लास्थित माथिल्लो निकायदेखि जनप्रतिनिधीले समेत धान रोपेर धान दिवस मनाएका हुन् । नगरपालिकाका मेयर कैलाश आले, उपमेयर ममिता राई, प्रजिअ नुरहरि खतिवडा, जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्काले किसानलाई हौसला प्रदान गरेका थिए । पानी कम परेपनि असार लागेसंगै किसानहरुलाई यतिबेला रोपाईँ गर्न निकै चटारो देखिन्छ ।
भोजपुरका अन्य षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, हतुवागढी गाउँपालिकामा पनि जनप्रतिनिधीहरु, सरोकारवाला निकाय लगायत किसानहरुले धान रोपेर दिवस मनाएका छन् ।

सुख्खा र पानीको श्रोत टाढा भएकाले जिल्लाका धेरैजसो स्थानहरुमा अझै रोपाईँ हुन सकेको छैन । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार असार दोश्रो हप्तासम्म जिल्लामा ५५ प्रतिशत रोपाईँ सकिएको छ । जिल्लाको १८ हजार ९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिनेमध्ये करिब ७ सय हेक्टर पानी पुग्ने क्षेत्रफलमा बर्खे र हिउँदे गरी दोहारो धान खेती हुने गरेको तथ्याङ्क छ ।कुल ६२ हजार २ सय ९९ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन भएपनि कुल ७ हजार १ सय ९० हेक्टर क्षेत्रफलमा १२ महिनै सिँचाई पुग्छ । कु्ल १९ हजार १ सय ९१ हेक्टर क्षेत्रफलमा मात्र पूर्ण सिँचाई हुने गरको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार