गायिका निशुको नयाँ गीत

काठमाडौं । गायिका निशु ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘बर्षदिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा नेपाली समाजमा भएको समसामयिक बिषयलाई उजागर गरेको छ । नेपालीहरुको पछिल्लो रोजीरोटी विदेश जाने प्रथाले निम्ताएको विवध पाटोलाई गीतले प्रतिनिधित्व गरेको छ । बेरोजगारी समस्या जस्ता विविध बाध्यताका कारण श्रीमान विदेशिएको प्रशंग गीतमा प्रस्तुत गरिएको छ ।

संगै जीवन विताउने कसम खाएका श्रीमान श्रीमतीको कुरालाई समेटिएको छ । ‘श्रीमान साथमा नहुँदा श्रीमतीको मनमा उत्पन्न हुने अनेक पीडा गीतमा देखाइएको छ’ गायिका निशुले भनिन–‘हाम्रो नेपाली समाज कता गइरहेको छ भन्ने गीतमार्फत दिन खोजेको छु । नेपाली समाजको वास्तविक समस्या यस गीत (भिडियो) ले उजागर गर्न सफल हुने कुरामा विश्वास लिएकी छु । ’

यस गीतको शब्द, संगीत तथा संगीत संयोजन नविन के तिमिल्सिनाले गरेका हुन् । निर्देशन तथा सम्पादन पनि स्वयं नविनले नै गरेका हुन् । सुनिल शाहीले खिचेको भिडियोमा स्मारिका र किशोरले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार