Loading…

साँस्कृतिक सम्पदाको संरक्षण गर्दै षडानन्द नगरपालिका ( फाेटाे फिचर )

  सिलिचुङ समाचारदाता

दिङ्ला । भोजपुरको षडानन्द नगरपालिकाले नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक स्थलहरुको संरक्षण सुरु गरेको छ । आबाल बह्मचारी षडानन्द अधिकारीले स्थापना गर्नु भएका विभिन्न मन्दिर, पाटी, पौवा तथा कुण्डहरुको संरक्षणलाई नगरपालिकाले तिब्रता दिएको छ ।
नगरपालिका क्षेत्रभित्र रहेका पुरातात्विक तथा मौलिक सम्पदाहरुका समष्टीगत संरक्षण तथा विकास गर्ने उदेश्यले काम सुरु गरिएको नगरपालिका उपप्रमुख मेरीका राईले बताउनुभयो ।


उदाहरणको रुपमा दिङ्लामा रहेको षडानन्द अधिकारीले स्थापना गर्नु भएको राम चन्द्र मन्दिरलाई हेर्न सकिने उनले बताइन् । मन्दिरको संरक्षणको लागि षडानन्द नगरपालिकाको पहलमा प्रदेश सरकारको ४० लाख लागतमा मन्दिरको वरीपरि ढुङ्गा छाप्ने काम भएको छ । त्यस्तै नगरपालिकाको ८ लाख लागतमा मन्दिरको वरीपरी रथ घुम्ने मिल्ने गरि पक्किबाटो निमार्ण भएको उपप्रमुख राईले बताउनुभयो । उपमेयर राईले भन्नुभयो, “त्यति मात्रै हैन कैलास मन्दिर जानको लागि समेत नगरपालिकाकै लगानिमा रेलिङ सहित सिडि निमार्ण गरेका छौँ र पुरानो भत्किएको पाटिलाई पुनः निमार्ण गर्नको लागि कामको थालनी गरिसकेका छौँ” ।


सिँढी निर्माण सम्पन्न भएपछि मन्दिर सहित कैलासमा पूजाआजा गर्न जाने भक्तजन तथा घुम्न आउने पर्यटकलाई समेत सहज हुने नगरपालिकाले जनाएको छ ।
आवाल ब्रह्मचारी षडानन्द अधिकारीले डेढ सय वर्षअघि मन्दिरको स्थापना गर्नु भएको थियो । दशक लामो समय सम्म संरक्षण विहिन रामचन्द्र मन्दिरले जनप्रतिनिधि आएपछि रुप फेरेको स्थानियले बताएका छन् । स्थानियहरु भन्छन्, नगरपालिकाले लगानी गरेर ढुङगा छापेपछि हराभरा भएको छ”। स्थानियहरु खुसि ब्यतm गर्दै भन्छन् “आजसम्म कसैले गर्नको लागि आट नगरेको काम नगरपालिकाले गरेर देखायो, यसले दिंलाको साख र षडानन्दको इतिहासलाई जोगायो, धन्यवाद छ नगरपालिकालाई” ।

कुनै पनि कुराको निर्माण गर्नु तथा कुनै परम्परा तथा सस्कृतिको संरक्षण गर्नु चुनौति हुदा हुदै पनि नगरपालिकाको पहलमा भएको यो काम सराहनिय भएको स्थानिय टेक वहादुर जिसिले बताउनुभयो । जिसीले भन्नुभयो “चुनौतिका बावजुत म आफै निमार्ण समितिको अध्यक्ष भएर यो काम गरे, सफलतापुर्वक सम्पन्नहुनेछ,जसले गर्दा बाला चर्तुदशी तथा राम नवमि मेलामा आउने भक्तजहरुलाई सहज हुने छ । उनले थपे ‘षडानन्द नगरपालिकाले यहि रफ्तारमा काम गरे गुठी र मन्दिरलाई व्यवस्थित बनाएर लैजानेमा म ढुक्क छु ।’
षडानन्द नगरपालिका क्षेत्रभित्र रहेका पुराना ऐतिहासिक सम्पदा संरक्षण गरी पर्यटकीय गन्तव्य निर्माण गर्न जीर्ण सम्पदा संरक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद कोइरालाले बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत कोइरालाले भन्नुभयो “केहि पहिले कोही पर्यटक हेर्न आउदा समेत हेर्न सक्ने स्थिति थिएन अब त पर्यटक दिंला आए एक हप्ता रमाउन सक्छ” । 

प्रमुख प्रशासकिय अधिकृत कोइरालाका अनुसार रामचन्द्र मन्दिरको आसपासमा रहेका सिता कुण्ड, हनुमान कुण्ड लगायत कुण्डहरु स्थापना गर्नको लागि नक्सा सहित योजना बनिसकेको र काम समेत सुरु भई सकेको छ ।
१९३२ सालमा षडानन्दले खोलेको संस्कृत पाठशाला सञ्चालनका लागि गुठीको नाममा राखिएको जग्गा खोजि गर्ने काम समेत नगरपालिको अगाडि बढाएको छ । जसको लागि गुठिको जग्गा अतिक्रमण गरि बनाएका घर टहराहरु नगरपालिकाकै सक्रियतामा भत्काउन सुरु गरेको छ ।


बालागुरु षडानन्द अधिकारीले दिङ्ला बजार आसपासमा नर्मदेश्वर शिवालय, रामचन्द्र मन्दिर, सीता कुण्ड, हनुमान पोखरीलगायत १०८ विभिन्न प्रजातिका वनस्पति रहेको बगैंचा निर्माण गरेका थिए। ति सम्पदाहरुको संरक्षण गर्नको नगरपालिकाले सुरु गरेको छ । जसमा सीता कुण्ड, हनुमान कुण्ड लगायत संरक्षणको लागि नक्सा तयार भई सकेको समेत नगरपालिकाले जनाएको छ ।
दस वर्षे द्वन्द्वको चपेटामा परेको गुठी संरक्षणमा कसैले ध्यान नदिएका कारण जीर्ण बनेका भौतिक संरचना २०७२ सालको भूकम्पले भत्काएपछि संरक्षण विहिन जस्तो बनेको मन्दिर परिषरमाभौतिक संरचना पुनर्निर्माण कार्य थालिएको छ । भौतिक संरचना पुनर्निर्माणले सीताराम गुठी परिसरको अनुहार फेरिँदै आएको छ ।


‘षडानन्द अधिकारी तथा दिंलाको साख जोगाउन–‘तन, मन र धन लगाएर पुरातात्विक तथा मौलिक सम्पदाहरुको संरक्षण तथा सम्वद्धन गर्न सकिन्छ, जसको लागि नगरबासि सबैको सहयोग अपरिहार्य रहेको छ, षडानन्द नगरपालिका वडा नं ४ का वडाअध्यक्ष किसान राईले भन्नुभयो ।’
नगर उपप्रमुख मेरिका राईले जिल्लाका आन्तरिक वा बाह्य पर्यटकका लागि आर्कषक बन्ने स्थान सहितको योजना अघि बढाएको बताउनुभयो । नगरपालिका एक्लैले सम्पदाहरुको संरक्षण गर्न असम्भव भएकाले स्थानीयहरुले त्यसको संरक्षणमा साथ र सहयोग गर्नु पर्ने नगरपालिकाका जनप्रतिनिधिहरुको भनाई छ ।


नगरपालिकाले पर्यटन प्रवद्धनको लागि आर्थिक वर्ष २०७६÷०७७ मा निमार्ण सम्पन्न गर्ने गरि रुद्राक्ष, योगमाया, यलम्बर र वुद्धको स्ताच्यु सहितको पार्क, बालउद्ययान पार्कनिमार्ण गर्र्ने लक्ष लिएको जनाएको छ । जसको लागि ठाउँहरुको पहिचान सम्पन्न भई सकेको र आर्थिक वर्षको सुरुबाट नै त्यसको काम सुरु हुने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार