Loading…

पहिरोले दुईको ज्यान लियो

  सिलिचुङ सम्बाददाता

सिलिचुङ फायल फोटो

 

भोजपुर । विगत ५ दिनदेखि लगातार परेको अविरल वर्षासंगै आएको पहिरोले पुरिएर भोजपुरमा २ जनाको मृत्यू भएको छ । पहिरोले पुरिएर रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका ६६ वर्षिय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका १४ वर्षिय जनक विकको घटनास्थलमै मृत्यू भएको प्रहरी जनाएको छ ।
बासिखोरा राई गत २६ गते घरको पिँढीमा सुतिरहेका बेला फुसको छानोले बनेको एकतले घरको चुली भत्किएपछि चुलीले किचेर उनको ज्यान गएको ईन्सपेक्टर पाण्डव राजवंशीले बताए । घरमा अन्य सदस्यहरु घरबाहिर रहेकाले उनीहरु सुरक्षित रहेको ईन्सपेक्टर राजवंशीले जानकारी दिए । विहीबार राई शव स्थानीयले देखेपछि अस्थायी प्रहरी चौकी बैकुण्ठेमा खबर गरेका थिए । घटनास्थलमा पुगेर प्रहरी टोलीले उनको शव निकाल्दै गरेको प्रहरीले जनाएको छ ।
यस्तै लेखर्कका विकको पनि चर्पी बस्दाबस्दै पहिरोले पुरेको थियो । शुक्रबार विहान करिब ८ बजेतिर चर्पी बस्ने क्रममा पहिरोले चर्पी नै बगाएपछि उनको मृत्यू भएको स्थानीय अनिल कुमार राईले बताए । पहिरोले करिब १७ मिटर तल मान्छेसहित चर्पी बगाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार