टिकटकमा भिडियो बनाउँदा तालमा खसेर मृत्यु

एजेन्सी । पछिल्लो समय युवापुस्तामा टिकटक निकै लोकप्रिय भैरहेको छ ।तर टिकटकको लत बढेसँगै यसले विभन्न समस्या पनि निम्त्याउने गर्छ । टिकटकको क्रेजले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ ।

घटना भारतको हो । टिकट भिडियो बनाउने क्रममा भारतको हैदरवादमा एकजनाको मृत्यु भएको छ । टिकटक भिडियो बनाउने क्रममा तालमा खसेर उनको मृत्यु भएको हो ।

बुधबार हैदरादको मेदचाल जिल्लास्थित डुलापाल्ली तालमा उक्त घटना भएको हो ।

नरसिंह नाम गरेका ती युवक टिकटकमा भिडियो रेकर्ड गर्ने क्रममा तालमा खसेको थिए ।

उनले तालको छेउँमा उभिएर अभिनय गरिरहेका थिए भने उनका साथीले भिडियो खिचिरहेका थिए । त्यसक्रममा उनी चिप्लिएर तालको गहिराइमा खसेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार