शर्मिलो ‘रेडपान्डा’

  प्रदीपचन्द्र खेयुङ

हाब्रे । तश्विर श्रोतबाट

 

भोजपुर । लेकमा पाईने मालिङ्गो (एक बाँसको प्रजाती) को तामा, पात र काण्ड खाएर बाँच्ने अति दुर्लभ जिव हो, रेडपान्डा अर्थात हाब्रे । रातो, खैरो, सेतो, कालो रंग मिश्रित जिउडाल र आकर्षक गुच्छे पुच्छरले गर्दा रेडपान्डा आकर्षक बन्यजन्तु हो । मानिसको प्रत्यक्ष सम्पर्कमा नआउने भएकाले पनि यसलाई लजालु स्वभावको भनिन्छ ।

दिनभर सुत्ने र रातभर खानाको तलासमा बाहिर निस्कने रेडपान्डा एक शाकाहारी जिव भन्ने गरेपनि यसले कहिलेकाहीँ चराचुरुङ्गीका गुँडमा पसेर बच्चा, फुल र किराफट्याङ्ग्रको पनि शिकार गर्ने गर्छ ।

प्रायजसो बाँसको टुप्पा या त रुखको टुप्पामा सुतेर दिन विताउने भएकाले यसलाई अल्छेको पनि संज्ञा दिन्छन्, कतिपय स्थानीयहरु । भोजपुरको उत्तरी किमालुङ, तिम्मा, दोभाने, कुदाककाउले, खार्तम्छा लगायत सबैभन्दा उच्च पहाडी मैयुङ क्षेत्रमा रेडपान्डा पाईन्छ । तर पछिल्लो समय बनविनाश र चोरीशिकारीले गर्दा यसको संख्यामा कमी आएको छ । जंगलमा बाँसझ्याङको तीव्र फँडानी गर्दा पनि पहिलेको तुलनामा रेडापान्डा हराउँदै गएको सुनाउँदै उत्तरी किमालुङका भेडीपालक ६३ वर्षिय लाक्पानेरु शेर्पाले भने, ‘हामी केटाकेटी हुँदा जंगल जाँदा ‘हाब्रे’ (रेडपान्डा) बाँसका झ्याङैपिच्छे चर्न आउँथे । आजभोली जंगलमा बाँस पनि मासियो रेडपान्डा भेट्न पनि गाह्रो भईसक्यो ।’
दिनभर सुत्ने र रातभर खानाको तलासमा बाहिर निस्कने रेडपान्डा एक शाकाहारी जिव भन्ने गरेपनि यसले कहिलेकाहीँ चराचुरुङ्गीका गुँडमा पसेर बच्चा, फुल र किराफट्याङ्ग्रको पनि शिकार गर्ने गर्छ । सुन्दर शरिरको रंग र लजालु स्वाभावले गर्र्दा पनि रेडपान्डा अन्य जिवभन्दा निकै आकर्षक रहेको तिम्मा खम्बुखाका छिवाबुङ बाली राई बताउँछन् । भन्छन्, ‘हाम्रातिरको जंगलमा पाईने रेडापान्डा अन्य बन्यजन्तुको तुलनामा धेरै आकर्षक मानिन्छ । बाँसको तामा, पात खाने भएकाले यो निकै अनौठो प्राणी लाग्छ ।’
प्राकृतिक बासस्थानको विनाशक्रम, निगालो, मालिङ्गो लगायत बाँसजन्य जङ्गलको कटान, थोरै प्रजनन क्षमता, कमजोर शरीर, चोरीशिकारी, बनडढेलो रेडपान्डाका चुनौतीले गर्दा यो लोप हुने अवस्थामा रहेको खर्कगोठ संरक्षण विकास तदर्थ समितिका अध्यक्ष पावीहाङ राईले बताए । भने, ‘मानिसको बढ्दो चोरी शिकारी र अन्य हिंस्रक बन्यजन्तुले गर्दा पनि यो लोप हुन लागेको हो ।’
भोजपुरमा पहिलोपटक गत ०७५ साल जेठ ६ गते षडानन्द नगरपालिका ९, किमालुङको तिनसाँजेमा रेडपान्डा फेला परेको थियो । अस्वस्थ भेटिएको उक्त रेडपान्डाको स्वास्थ्य अवस्था अति नाजुक र धेरै दिन अघिदेखिको भएकोले उपचार सम्भव नभएपछि रेडापान्डा मरेको थियो । समुन्द्री सतहदेखि २ हजार मिटरदेखिको उच्च पहाडी भेगमा पाईने लोपन्मुख बन्यजन्तु रेडपान्डा भोजपुर लगायत ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलोखुम्बु, खोटाङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालिकोटका उच्च जंगली भेगमा पाईने गरेको छ । नेपाल सरकारको पछिल्लो सर्वेक्षणले सुन्दर वन्यजन्तु रेडपाण्डा २३ जिल्लामा पाइने देखाएको छ । रेडपाण्डा नेटवर्कले पनि ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा हाब्रेको बढी बासस्थान रहेको समेत पहिचान गरेको छ ।

हाब्रे । तश्विर श्रोतबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार