नेपाली मुलकी राउत बनिन् ‘मिस इंग्ल्याण्ड’ को सेकेन्ड रनरअप

लन्डन– बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवती सेकेन्ड रनरअप बनेकी छन्। नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत मिस इंग्ल्याण्डको सेकेन्ड अनरअप बनेकी हुन्। आवेदन दिएका २२ हजारलाई उछिन्दै उनले यो सफलता प्राप्त गरेकी हुन्।

बिहीबामा न्युक्यासलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले सो टाइटल हात पारिन। उनले सोहि प्रतियोगितामा टप फण्डरेजरको अवार्ड समेत हात पार्न सफल भईन। सेमिफाइनलमा च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ गरि ५ राउण्ड भएको थियो।

हङकङमा जन्मिएकी २६ वर्षीया प्रतिष्ठा बेलायतस्थित सडवरीमा बस्दै आएकी छन्। भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी उनले १६ वर्षमै मोडलिङ थालेकी थिइन्। युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तीर्ण प्रतिष्ठा पेशाले प्लोर प्लान आर्किटेक्ट हुन्। प्रतिष्ठाले परिवारको सहयोग र प्रेरणाको मिस इंग्ल्याण्डमा भाग लिएको बताइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार