Loading…

बेलायतमा उपेन्द्र सुब्बाको कविता र ठटयौली

लण्डन । निर्धारित समयभन्दा दुईघण्टा ढिला युद्ध कवि काङमाङ नरेशले ‘गोजीमा कविता भेटे’ भन्ने उपेन्द्र सुब्बाको कविता लय वाचन गर्दै कार्यक्रमको विधिवत शुरुवात गरे । प्राय :गरिने कार्यक्रम भन्दा भिन्न तवरले सञ्चालन गरिएको कार्यक्रममा कवि उपेन्द्र सुब्बालाई काङमाङ नरेशले मञ्चमा बोलाए । कवि शशी सुब्बा थापाले ‘फूलमाला’ र सामाजिक अभियन्ताा रामशरण सिम्खडाले लिम्बु संस्कृतिको पहिचान ‘सिलाम साक’ मा लगाइदिए । त्यसपछि कवि उपेन्द्र सुब्बाको ‘एकल कविता वाचन’ कार्यक्रम प्रारम्भ भयो । अनौपचारिक रुपमा शुरु भएको कार्यक्रममा उनका बजुले केही दिन अगाडी ‘तिम्रो जस्तो अनुहार कसले हेर्न आउछ र’ भन्ने रमाइलो प्रसंगदेखि शुरु गरेर हसाएपछि उनले उपस्थित दर्शकहरुलाई धन्यवाद दिए ।

 

‘म अनुहार, व्यवहार र चिन्तनले पनि कविको लेनादेना नभएको मान्छे’ ठटयौली प्रसंग गर्दै उनले भने ‘उनका गाउँले दाजु रणवीर दाजुले हाउ कान्छा तेरो वेहोरा हेर्दा कतारमा जान्छस जस्तो थियो, युके पो आइपुगेछस, धेरै भए मास्टर हुन्छस जस्तो लागेको थियो’ भनेको सन्दर्भ हस्यौली पारामा कोटाए । म मस्टर वेहोरा कै थिए, उनले भने ‘किनभने गाउँका मास्टरहरु जाँड खाएर टिल्ल परेर पढ, मात्रै भन्थ्यो’

 

उनले धेरै बर्ष अगाडी अरु जस्तै युके आउने रहर भएको कुरालाई कोटाए, उमेर छदाँ छाती नपाएको कुरा बताए । आफ्ना साथी प्रेम सुवाङ, लक्ष्मी नेम्बाङ सम्झिए । भर्ती हुने समयमा आफु र प्रेम सुवाङ ज्यान परेको भएपनि सवैभन्दा सानो लक्ष्मी नेम्बाङ भर्ती भएर युके आए, म धेरै पछाडी कवि भएर युके आए हस्यौली पारामा भने ।

लामो हस्यौली र ठटेयौली पछि कविता वाचन गर्न सुरसार कसे । आफुले कविता वाचन गर्नुभन्दा अगाडी आफ्नो बहिनी पर्ने सिर्जना सुब्बालाई ‘कसम’ कविता वाचन गर्न लगाए । सुब्बाले धेरै बर्ष अगाडी नेपाली स्रष्टा अम्बर गुरुङले भनेको कुरा सम्झिए ‘प्रेमको कुरा युवाहरुको अनुभुतिमा मात्रै लेखियो, तर हैन प्रौढहरुको पनि फिलिङग्स हुन्छ । तिमीहरु खाली चौतारीको मात्रै लेख्छौ, हाम्रो पनि लेख’ भनेको कुरालाई उनले ठिटा हुदाँ बुढयौलीको अनुभुति गर्दै लेखेको कविता भर्खरै युवा अवस्थाको सिर्जनालाई वाचन गर्न लगाएको प्रसंगलाई स्पष्ट पारे । त्यसपछि उनले आफ्ना ‘कृति’ कविता वाचन गरे ।

 

हलमा करिव डेढसय जना जति सुब्बाको कविता सुन्न उपस्थित थिए । शान्त बातारण घरी घरी कवि सुब्बाको ठटौयलीले अगष्ट १६ बेलुकी लण्डनको हेरो फुटवल क्लव हल नै हाँसोले गुज्यामान हुन्थ्यो ।

धेरै टाढा टाढाबाट कविता सुन्नका लागि आउनेहरु कोही बाटोमै थिए । कोही आउदै थिए । कविता सुनाउदै गर्दा सुब्बाले हाम्रो देश विकास भइरहेको छ । त्यसको जानकारी बेलायतमा बस्नेहरुले फेसबुकबाट जानकारी पाउदै हुनुहुन्छ भनेर ठटयौली तरिकाले व्याङग्य गरे । नेपाली समुदाय पछिल्लो समय समाजिक सञ्जाल फेसबुकलाई मुुख्य सुचनाको स्रोत मानेर त्यसैमा रुमालिरहेको छ । फेसबुकमा आएको सूचनाहरु कति विश्वसनीय, आधिकारिक र भरोसायोग्य छ भन्ने कुरा विदेशमा बस्नेहरुले छुट्याउन सकेकाे छैन । सुब्बाको कवितात्मक शैलीमा यो व्याङग्यले बेलायतमा बस्ने नेपालीहरुले कति बुझे, तर सबै सहभागी भने राम्ररी नै हाँसे ।

 

यति भनिसकेपछि कवि सुब्बाले अर्का कवि फडिन्द्र भट्टराईलाई आफ्ना कविता वाचन गर्न अनुरोध गरे । फडिन्द्र भट्टराई सुब्बाको अनुरोध स्वीकार गदै कविता बाचन गर्न उक्लिए ।

उनले कविता वाचन कार्यक्रममा भर्खरै युवा अवस्था हुदाँदेखि अहिलेसम्म लेखेका डेढ दर्जन कविताहरु क्रमैसंग सुनाए । वीच वीचमा अन्य स्रष्टाहरुलाई पनि कविता वाचन गर्न लगाए ।

 

कविता वाचनको वीचमा सुब्बाले केही बर्ष अघि मलेसियमा कविता वाचन गर्न गएको कुरा सुनाए । मलेसियामा कविता वाचन कार्यक्रम गर्दा हलमा एकजना पनि महिला थिएनन् । त्यसैले जे भने पनि भयो । त्यस्तो अवस्थामा आफुलाई खुव खुल्ला महशुस हुने कुरा हस्यौली गरे । एकजना महिला हुनुहुन्थ्यो तर नेपाली नबुझने, झन सजिलो भयो, उनले भने ‘सात तले भवनको सिरानमा कार्यक्रम हल थियो । तर म भने लिफ्ट मुनी अरुसंग फोटो खिच्न व्यस्त भए । तर एकजना आयोजक आएर कहाँ यहाँ फोटो खिचेको, फोटो खिचेपछि कार्यक्रममा नै आउदैन, यसरी त फर्कीहाल्छ भनेर हप्काए’ को प्रसंग कोटाउदै सबैलाई हसाँए ।

 

उनले गरेको यो हस्यौली पारा कार्यक्रममा पनि केही झल्को आउथ्यो । कविता सुन्ने भन्दा ‘झाँक्री बा’ संग फोटो खिचेर फेसबुकमा हाल्न धेरै आतुर थिए । पछिल्लो समय उपेन्द्र सुब्बालाई कवि लेखक भन्दा पनि नेपाली फिल्म कवड्डीको ‘झाँक्री बा’ भनेर आम सर्वसाधारणले चिन्ने गरेका छन । ‘झाँक्री बा’ ले गर्दा नै धेरै विदेश घुम्न पाएको प्रसंगलाई उनले कोटाए ।
उपेन्द्र सुब्बा कविता लेखेर नै उनका नेपाली कला साहित्यमा प्रवेश भएको हो । उनका धेरै कविता सङग्रहहरु छन । ‘खोलको गीत’ कविता सङग्रह उनका लेखन कलाको मानक कृति हो, भने ‘लाटो पहाड’ कथा सङग्रहमार्फत लेखनमा बहुविधाको आयामलाई परिचित गराएका छन । लाटो पहाड पद्यमश्री पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन ।

 

उपेन्द्र सुब्बाको लेखनमा सरलता छ । मानवीय अनुभुतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामर्थ्यका कारण आम पाठकवीच उनी प्रिय बनेका छन । उनले लेखेका कृतिहरु सरल छ । त्यसैले सवैलाई बुझन पनि सहज छ ।
कविता वाचनको क्रममा उनको कवितामा गहन अर्थबोध त छदै थियो तर उनको ठटयौलीमा पनि त्यतिकै गहन अर्थ लाग्थ्यो । नेपालका पुर्वी आदीवासी जनजाति र लिम्बु समाज र मुन्धुमी संस्कृति नै उनका लेखनको मुख्य आधार हो । मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्न उनको विशेषतालाई धेरैले मन पराउँछन । उनको कविता वाचनमा आदीवासी जनजाति मात्रै होइन अन्य जातजातीहरुको पनि बाक्लो उपस्थिती थियो । यसले सुब्बाको लेखनलाई आमपाठक वर्गमा प्रिय बन्न सकेको छ भन्ने पनि हो ।
सिलिचुङ साप्ताहिक नेपाली पत्रिकाको आयोजनामा भएको सुब्बाको एकल कविता वाचन कार्यक्रमको अन्त्यसम्म पनि कविता सुन्न सर्वसाधारणहरु आएका थिए ।

 

उनको यो कविता वाचन कार्यक्रम धेरैले मनपराए । धेरैले आफ्ना पुराना कुरा सम्झिए । उपेन्द्र सुब्बाका त्यस्ता कृतिहरु छन जसले नेपाली समाजका कुरालाई टपक्कै टिपेर ठेट शब्दमा खिपेका छन । त्यसैले उपेन्द्र सुब्बा सबैको प्रिय बनेका हुन । बेलायतको व्यस्त जीवनबाट पर रहेर भएपनि सुब्बाका कविता सुन्न धेरै जना आएका थिए । उनका चर्चित कविता भेडेटारको पिक्निक, साल्दी ज्यु लगायतका अन्य कवितामा धेरै दर्शकहरु हाँसेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार