Loading…

नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको महाधिवेशन सम्पन्न

लण्डन । विगतको समीक्षा र भावी कार्ययोजना तय गर्दै नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको तेस्रो महाधिवेशन सम्पन्न भएको छ ।
लण्डनको साउथ हेरोस्थित गोल्डेनसीपमा आईतबार १८ तारिखमा महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार र विशेष अतिथिमा आदिवासी जनजाति वकिल समुहका अध्यक्ष शान्तिकुमारी राई रहेका थिए । महाधिवेशनमा राजनीतिक पार्टीका प्रतिनिधि, जातिय संघसंस्था लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

महाधिवेशनको उदघाट समारोहमा किरात राई यायोक्खाका पुर्व अध्यक्ष सुमाया राई र आदिवासी जनजाति वकिल समुहका अध्यक्ष शान्तिकुमारी राईलाई महासंघले सम्मान गरेका थिए । साथै मुकारूङ चेली संघले पनि सम्मान गरेको थियो । शान्तिकुमारी राई नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको निमन्त्रणामा नेपालबाट आएकी थिईन ।

महाधिवेशनमा उपस्थित अतिथिहरूले महाधिवेशन सफलताको शुभकामना दिएका थिए । महाधिवेशनको उदघाटन समारोहमा आदिवासी जनजाति महिलाहरूको अधिकार र समस्याको बारेमा अतिथिहरूले धारणा व्यत्त गरेका थिए। आदिवासी जनजातिहरूको समस्याको आन्दोलन समग्र महिलाहरूको मुक्ति आन्दोलन रहेको धारणा अतिथिहरू व्यत्त गरे ।
कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष बिमला राई र सञ्चालन महासचिव बसुन्धरा याक्खा राईले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार