उपाध्यक्षमा बिमला लिम्बुकाे उम्मेदवारी

लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको आगमी निर्वाचनका लागि महिला अगुवा, समाजसेवी तथा पत्रकार बिमला लिम्बुले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् ।
१४ सेप्टेम्बरमा हुने गैरआवसीय नेपाली संघ बेलायतको निर्वाचनमा लिम्बुले महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
बेलायतमा रहेका करिव दुई लाख जनसंख्या नेपालीहरूको साझा संस्थाको रूपमा रहेको गैरआवसीय संघ (एनआरएन)को नवौ अधिवेशनले आगमी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

समग्र नेपालीहरूको हित र महिला अधिकारका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न उम्मेदवारी दिएकी बिमला लिम्बुले बताईन । बिदेशमा बस्ने धेरै नेपालीहरूको साझा मुद्दा र समस्यालाई गैरआवसीय नेपालीहरूको पक्षमा नीतिगत सुधारका लागि मेरो पहिलो प्रयास रहने छन । उनले भनिन् – ‘गैरआवसीय नेपालीहरूलाई देशमा लगानी र सहज वातावरण निर्माणका लागि धेरै नीतिगत सुधारको आवश्यकता छ । राजनीतिक तहबाट गैरआवसीय नेपालीहरूको पक्षबाट समाधान खोज्नु मेरो मुख्य पहल हुनेछ ।’

सर्वप्रथम म नेतृत्वमा पुगेपछि बेलायतमा बस्ने नेपालीहरूको धेरै साझा मुद्दाहरू छन । त्यसलाई प्राथमिकीकरण गरेर क्रमश गर्ने प्रतिबद्धता रहने लिम्बुको भनाई छ । दोहोरो नागरिकता, गोर्खाहरूको समस्या समाधान र नागरिकता निरन्तरताका लागि कुटनीतिक र राजनीतिक लबिङ गरेर समस्या समाधान गर्ने उनले बताईन ।

गत आईतबार निर्वाचनका लागि मनोनयन दिएका लिम्बु अघिल्लो अधिवेशनमा अत्याधिक मत प्राप्त गरेर सदस्यमा निर्वा्चित भएकी थिईन ।
पाँचथर थर्पु घर भएकी लिम्बु लामो समयदेखि समाजसेवा समेत क्रियाशिल छन् । पाँचथर सेवा समाजको कोषाध्यक्ष रहेकी लिम्बु लामो समय नेपालमा शिक्षण पेशा समेत गरेकी थिईन । बौद्विक क्षमता भएकी लिम्बु त्रिभुवन बिश्वबिद्धालयबाट स्नातक गरेकी छन भने हाल बेलायतमा मास्टर्स गरिरहेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार