अब फेसबुकको फोटो जुम गर्दा फस्नुहुन्छ तपाईं

एजेन्सी । फेसबुकमा यदि कुनै फोटोलाई जुम गर्नका लागि दुईपटक ट्याप गर्नुहुन्छ भने तपाईंले अब सोच्नुपर्ने बेला भएको छ । किनभने फेसबुकले इन्स्टाग्राममा भएको फिचर अब फेसबुक एपमा सुरु गरेको छ ।

वास्तवमा, फेसबुकको आइओएस एपमा अब कुनै फोटोलाई डबल ट्याप गर्दा लाइक हुने फिचर आइसकेको छ । इन्स्टाग्राममा निकै अघिदेखि यो फिचर छ ।

कुनै फोटोलाई लाइक गर्दा तपाईंले डबल ट्याप गर्नुपर्ने हुन्छ । यदि तपाईं पनि कुनै प्रयोगकर्ताको फोटो जुम गर्नका लागि डबल ट्याप गरिरहनुभएको छ भने अब त्यसमा तपाईंको लाइक हुनेछ ।

सोसल मिडिया प्रयोगकर्ताले फोटो र पोष्ट हेर्ने तर लाइक कमेन्ट नगर्ने बानी भएका व्यक्तिलाई फेसबुकको यो फिचरले फसाउन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार